एउटै च्याङ्ग्राको भाउ आधा लाख

२२ असोज ७८, शनिबार

पोखरा: नेपालको उत्तरी नाका डेढ वर्षदेखि ठप्प छ । माथिल्लो मुस्ताङ, गोरखालगायतका हिमाली क्षेत्रको दैनिकी नै नाकाले मुस्किल बनाइरहेको छ । नाका बन्द भएपछि हिमाली जनजीवन मात्र होइन, नेपालका पहाडी र शहरियाहरूको भान्सा पनि महँगो भएको छ ।

सधैँजसो च्याङ्ग्राले दशैँ मनाउने पोखरा र आसपासका उपभोक्तालाई यस वर्ष च्याङ्ग्राको मूल्य सुनेरै तर्सिनुपर्ने अवस्था आएको छ । यस वर्ष तिब्बततिरबाट भेडा, च्याङ्ग्रा झरेनन् । मुस्ताङका किसानको गोठमा भर पर्दा भाउ महँगो भएको व्यवसायीहरू बताउँछन् ।

तिब्बतबाट च्याङ्ग्रा नआएपछि स्थानीय किसानले भाउ ह्वात्तै बढाए । ‘गोठमै महँगो छ । बाटोमा भेटेरिनरी कर, पालिकाको कर तिर्दै ल्याउँदा मुल्यले आकाश छोयो’, व्यापारी गंगा केसीले भने, ‘मुस्ताङबाट पोखरा झार्न मात्र ११ दिन लाग्छ । हाम्रो दुस्ख छाडेर बेच्दा पनि बिक्न गाह्रो छ ।’

उनले मात्र २०० वटा भेडा, च्याङ्ग्रा झारेका छन् । रोजेर लिने च्याङ्ग्राको मूल्य न्यूनतम ४७ हजार रुपैयाँ पर्ने उनले सुनाए । ‘गोठमै ४१ हजार भन्छन् । सबै खर्च कटाउँदा ५० हजार नाघ्छ’, उनले थपे, ‘मूल्य भन्दा पनि डराउनुपर्ने अवस्था आएको छ । उपभोक्ता मूल्य सुन्दै फर्किँदै गर्नुहुन्छ ।’

अघिल्लो वर्ष २८ हजार रुपैयाँ हाराहारी पर्ने मूल्य झण्डै उत्ति नै महँगिएको छ ।,याे समाचार आजको राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top