×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

विकासको जिम्मा महिला मन्त्रीको काँधमा

२३ आश्विन २०७८

विकासका प्रमुख पाँच खम्बाको रुपमा सडक, सहरी विकास, जलविद्युत्, सिँचाइ तथा खानेपानीलाई लिइन्छ। पूर्वाधार विकासबाट नै मुलुकको विकास र समृद्धि सम्भव छ। त्यही पूर्वाधार निर्माण गर्ने प्रमुख मन्त्रालयको नेतृत्व गर्ने जिम्मा अहिले महिला मन्त्रीको काँधमा आएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र सहरी विकासमन्त्री रामकुमारी झाँक्री भएका छन्।

Advertisement
Advertisement

यी विकासे मन्त्रालय मानिन्छन्।संविधानमा हरेक क्षेत्रमा महिलाको सहभागिता ३३ प्रतिशत सुनिश्चित हुनुपर्ने व्यवस्था भए पनि वर्तमान सरकारको २५ सदस्यीय मन्त्रिमण्डलमा ६ जना महिलालाई मन्त्री बनाइएको छ।

मन्त्रिमण्डलमा ३३ प्रतिशत सहभागिता नभए पनि महिलालाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइएको छ। महिलाले नेतृत्व गरेका ६ मध्ये पूर्वाधार विकाससँग जोडिएका भौतिक पूर्वाधार, ऊर्जा र सहरी विकास आकर्षक मन्त्रालय मानिन्छन्। यी महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका महिला मन्त्रीलाई आफ्नो कार्यदक्षता प्रमाणित गर्दै पूर्वाधार विकास अघि बढाउनुपर्ने चुनौती छ।

सडक, जलविद्युत्, सिँचाइ आयोजना निर्माण, सहरी विकाससँग सम्बन्धित परियोजनाहरू समयमा सम्पन्न नभएर अलपत्र छन्।निर्माण क्षेत्रमा ठेकेदार कम्पनीको दबदबा छ। निर्माण क्षेत्रमा ‘माफियागिरी र डनवाद’ सधैं हाबी हुने गरेको चर्चा चल्छ। मन्त्रालयको नेतृत्व गर्दा आइपर्ने यस्ता कठिनाइसँग जुधेर काम गर्ने अवसर पाएका महिला मन्त्री कति सफल हुन्छन्, चासोको रुपमा हेरिएको छ।

भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएकी यादवले तीनपटक मन्त्री भएर काम गरेकी भए पनि पूर्वाधारमा उनको अनुभव पहिलो हो। उनले यसअघि महिला, बालबालिका तथा समाज कल्याणमन्त्री, शिक्षामन्त्री र विज्ञान तथा वातावरण राज्यमन्त्री भएर काम गरेकी छन्।

भौतिक पूर्वाधारलाई ‘मालदार’ मन्त्रालयको रुपमा पनि लिइन्छ। ठेकेदारले सडक आयोजना हडपेर राख्ने र काम नगर्ने प्रवृत्ति हाबी हुँदै आएको छ। यो कठिन परिस्थितिमा नवनियुक्त मन्त्री यादवले परिस्थितिको सामना गरेर पूर्वाधार निर्माणलाई कसरी अघि बढाउँछिन्, हेर्न बाँकी छ।

भारतमा जन्मिएर वैवाहिक सम्बन्धपछि नेपाल आएकी यादव २०४७ सालदेखि नेपाली कांग्रेस, राप्रपा हुँदै अहिले जनता समाजवादीबाट मन्त्री भएकी हुन्। रेणु २०५६ सालको आमनिर्वाचन र २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा सप्तरीबाट निर्वाचित भएकी थिइन्। उनी २०७४ सालको आमनिर्वाचनमा पनि सप्तरीबाटै निर्वाचित भएकी हुन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसाल माओवादी केन्द्रबाट मन्त्री भएकी हुन्। विद्यार्थी राजनीति, ‘जनयुद्ध’ हुँदै राजनीतिमा स्थापित भएकी भुसालसँग महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीको अनुभव छ।

ललितपुरबाट प्रत्यक्ष निर्वाचन जितेकी भुसाल संविधानसभा सदस्यसमेत थिइन्। भुसाललाई ऊर्जा मन्त्रालय नयाँ क्षेत्र हो। जलविद्युत्को बजार खोज्ने, ट्रान्समिसन लाइन बनाउने, अधुरा योजना पूरा गर्ने चुनौती उनको सामु छ। प्रसारण लाइन नहुँदा उत्पादन भएको विद्युत् खेर गएको छ।

विद्यार्थी राजनीति र सडक आन्दोलनबाट उदाएकी रामकुमारी झाँक्रीका लागि मन्त्री पहिलो अनुभव हो। झाँक्री समानुपातिक सांसद हुन्। मुलुकभरका सहर अव्यवस्थित छन्। मध्यपहाडी लोकमार्गमा पर्ने जिल्लामा १२ नयाँ सहर, हुलाकी राजमार्गमा १५, मधेसमा १८ गरी ४५ वटा व्यवस्थित सहर बनाउने योजना अलपत्र छन्।

यी योजनालाई अघि बढाउँदै स्मार्ट सिटी बनाउने जिम्मेवारी मन्त्री झाँक्रीको काँधमा आएको छ। तर, छोटो समयका लागि मन्त्री भएकाले काम देखाएर ‘क्रान्तिकारी र परिवर्तनकारी’ छवि बचाइराख्न झाँक्रीलाई चुनौती छ। उनी नेकपा एकीकृत समाजवादीबाट मन्त्री भएकी हुन्।

Advertisement

त्यसैगरी, शशि श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र बोधमायाकुमारी यादव शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री भएका छन्।, यो समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top