ईपीएल फाइनल : चितवनलाई पोखराको सामान्य लक्ष्य

२३ असाेज, काठमाडौं ।

एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फाइनलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई १ सय १२ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पोखरा १७.५ ओभरमा १ सय ११ रनमा अल आउट भयो ।

पोखराका असेला गुणरत्नेले २४ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३४ रनको योगदान दिए । ओपनर रिचार्ड लेभीले १५ बलमा ५ चौका सहित २६ रनमा क्याच आउट भए । सुरुवात राम्रो पाएपनि मध्यक्रम र तल्लोक्रमका ब्याटरको खराब प्रदर्शनपछि पोखरा सस्तैमा समेटिएको हो । पोखरा ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पोखरालाई ओपनर लेभी र विपिन रावलले पहिलो विकेटका लागि ३.३ ओभरमा ३७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । लेभी करिम जन्नतको चौथो ओभरको तेस्रो बलमा दीलिप नाथबाट मिडअनमा क्याच आउट हुन पुगेका थिए । त्यसपछि पोखरा ब्याटिङ खासै सम्झन लायक रहेन ।

तीव्र गतिका बलर कमलसिंह ऐरीको पाँचौं ओभरको पाँचौं बलमा युवा ब्याटर रित गौतम हासिम अन्सारीबाट मिडअफमा २ रनमा क्याच आउट भए । छैटौं ओभरको अन्तिम बलमा साहन अर्चाचिगे साहब आलमबाट २ रनमा क्याच आउट भएका थिए । सोमपाल कामीको बलमा ठूलो सट खेल्ने धुनमा अर्चाचिगे टप एज लागेर समातिन पुगे ।

स्पिनर सागर ढकालको नवौं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका ओपनर विपिन रावल लङअफमा साहबबाट १७ रनमा क्याच आउट भएका थिए । विपिनले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे । शेकुगे प्रसन्नाको १४ औं ओभरको दोस्रो बलमा किपिङ गर्नेक्रममा मोहम्मद शाहजादको औंलामा लागेपछि विकेटकिपर दीलिप नाथले गरेका थिए ।

कमलको १५ औं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका विवेक यादव लङअनमा सोमपालबाट ४ रनमा समातिन पुगेका थिए । एक बलपछि लोकेश बम एज लागेर विकेटकिपर दीलिप नाथबाट समातिदै गोल्डेन डक पेभिलिएन फर्केपछि पोखरा समस्यामा परेको थियो ।
कप्तान विनोद भण्डारीले २६ बलमा २ चौका सहित २२ रनमा आउट भए ।

तल्लोक्रमका विक्रम सोब १ र नन्दन यादव शून्यमा आउट भए । चितवनका कमलसिंह ऐरीले ३.५ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । करिम जन्नत र शेकुगे प्रसन्नाले २–२ विकेट लिए । सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top