प्रदेश १ मा सिटिइभिटीको बर्गीकृत निशुल्क छात्रबृत्ति प्रवेश परिक्षा सम्पन्न

१२ साउन ७५, शनिबार
Share this
743shares

विराटनगर, साउन १२
प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद सिटिइभिटी अन्तर्गत बर्गीकृत छात्रबृत्तिका लागि शनिबार प्रदेश १ का विभिन्न परिक्षा केन्द्रहरुमा प्रवेश परिक्षा सम्पन्न भएको छ ।

Advertisement

सिटिइभिटीबाट सम्बन्धन प्राप्त विभिन्न इन्स्टीच्यूटहरुमा बर्गीकृत छात्रबृत्तिका लागि विभिन्न शैक्षिक कार्यक्रमहरुमा आवेदन दिएका परिक्षार्थीहरुको डिप्लोमा/प्रमाणपत्र तहको विभिन्न परिक्षा केन्द्रहरुमा शनिबार प्रवेश परिक्षा सम्पन्न भएको हो ।

Advertisement

प्रदेश १ को रत्नकुमार वान्तवा पोलिटेक्नीक इन्स्टीच्यूट इलाम, सुम्नीमा पोलिटेक्नीक इन्स्टीच्यूट, आदर्श मा.वि. विराटनगर , राधाकृष्णा भुपालमानसिंह कार्की मा.वि. र सरस्वती मा.वि. विराटनगर परिक्षा केन्द्रहरुमा बर्गीकृत निशुल्क छात्रबृत्तिका लागि परिक्षा सान्पिूर्णरुपमा सम्पन्न भएको हो ।

Advertisement

निशुल्क बर्गीकृत छात्रबृत्तिका लागि विभिन्न शैक्षिक कार्यक्रमहरु, नर्सिङ, फार्मेशी, सिभिल इन्जीनियरिङ, सामान्य चिकित्सा, इलेक्ट्रोनिक्स, डाइग्नोसिस रेडीयोग्राफी, मेडिकल ल्याब टेक्नोलोजी, कम्प्यूटर, इलेक्ट्रीकल इलेक्ट्रोनिक्स, मेकानिकल, एग्रीकल्चर वालि विज्ञान, एग्रीकल्चर पशु विज्ञान, फुड एण्ड डेरी टेक्नोलोजिलगायतका प्राविधिक शैक्षिक कार्यक्रमको प्रवेश परिक्षा शनिबार विहान ७ बजेदेखी साढे ९ बजे सम्म सम्पन्न भएको प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदका निर्देशक शिव दाहालले जानकारी दिए ।

उनले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद इटहरीमा परिक्षाका लागि १ हजार २ सय ३, मनमोहन पोलिटेक्नीक इन्स्टीच्यूट बुढीगंगा मोरङबाट १ सय २५, सुम्नीमा पोलिटेक्नीक इन्स्टीच्यूट भोजपुरबाट २४ जना, रत्नकुमार वान्तवा पोलिटेक्नीक इन्स्टीच्यूट इलामबाट ४६ जनाले बर्गीकृत निशुल्क छात्रबृति प्रवेश परिक्षाका लागि आवेदन दिएको समेत जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top