×

NEPAL TIMES UPDATES

Playing
World News: अराघची रुसमा, होर्मुज खोल्ने र युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव || Nepal Times
Apr 27, 2026
Playing
२१ जिल्लामा ८ हजार रोपनी सरकारी जग्गा अतिक्रमण || Nepal Times
Apr 27, 2026
Playing
नेपाली राजनीतिमा हुन्डरी ल्याएका बाहुबली बालेन ३७ वर्षमा|| Nepal Times
Apr 27, 2026
Playing
तेल संकटबाट हरित ऊर्जातर्फः चीनको रणनीतिक लाभ|| Nepal Times
Apr 27, 2026
Playing
Top 15 Afternoon News || April-27-2026 || Nepal Times
Apr 27, 2026
Playing
Israel ले घेराबन्दी गरे एर्दोगानसंग छन् यी ५ ’ब्रह्मास्त्र’ ! || Nepal Times
Apr 27, 2026
Playing
वि*ष्फोट नभएका ‘बं*कर ब*स्टर’ र हजारौं युएस–इज*रेली *हति*या*र इरा*न*मा फेला|| Nepal Times
Apr 27, 2026
Playing
बालेन सरकारले कसरी दिन्छ सहकारीमा डुबेको पैसा?परिवारबाट भएपनि भराइने || Nepal Times
Apr 27, 2026
Playing
चट्याङले बाबुछोराको मृ*त्यु, ४ जना घाइते|| Nepal Times
Apr 27, 2026
Playing
इरानी विदेशमन्त्रीले पुटिनलाई भेट्दै, हजारौं अमेरिकी बम बरामद|| Nepal Times
Apr 27, 2026

४६ सन्तानकी आमा मीना, झाँगिदै छ साझा फूलबारी

२४ आश्विन २०७८

२४ असोज, उर्लाबारी ।

उर्लाबारीकी मीना बरालको ४८ जना सन्तान छन् भन्दा कसैलाई पत्यार लाग्दैन यद्दपि यो सत्य हो । आफैले त्यति धेरै सन्तानलाई जन्म नदिए पनि मीनाले सडकमा भेटिएका बालबालिकालाई कर्म दिने आमाको भूमिका निर्वाह गरिरहेकी छन् ।

Advertisement
Advertisement

वि.सं २०५७ सालमा महिला विकास तथा बालबालिका चेतना केन्द्रद्वारा असहाय वृद्ध अनाथ आश्रम नामक गैरसरकारी संस्था दर्ता गरेर काम थाल्दा मीनाले ‘कमाइखाने’ भाँडो बनाउन खोजेको भन्दै कतिपयले कुरा काटे ।

त्यो बेला उनलाई राम्रो काम गर्न खोज्दा पनि साथ नपाइने हो कि भन्ने चिन्ताले सताएको थियो । तर, मीनाको दिगो र दूरदर्शी योजना मुताविक उर्लाबारी–७ मा बाल गृह सञ्चालनमा ल्याइएको पनि २१ वर्ष भइसकेको छ ।

वि.सं २०२२ सालमा १० वर्षकै उमेरमा मोरङबाट विवाह गरेर ताप्लेजुङ पु¥याएकी मीनाको वैवाहिक जीवन सफल हुन नसक्नु नै यो बालगृह जन्मिने मुख्य कारण हो ।

त्यतिबेला पढ्ने उमेरमा विवाह भएकाले पछुतो मानिरहेकी उनले नयाँ घरमा लामो समयसम्म संघर्ष गरिरहिन् । तर, श्रीमानले अर्की श्रीमती थपेर आफूलाई पाखा लगाएपछि आत्मसन्तोष र शान्तिको खोजी गर्दै उनी समाज सेवामा लागिन् ।

आफूले सानैमा विवाह गर्दा भोगेको जस्तो पीडा अरू कुनै पनि अनाथ बालबालिकाले भोग्नु नपरोस् भनेर मोरङ उर्लाबारीमा असहाय वृद्ध अनाथ आश्रम खोल्ने निधो गरिन् ।

उनको यो अभियानमा अन्य महिलाहरूले पनि होस्टेमा हैसे मिलाए । मीनाकै योजनामा सञ्चालनमा ल्याइएको नमूनाबाल गृह प्रदेश १ कै उत्कृष्ट बाल गृहकारूपमा रहेको छ ।

समाजसेवाप्रति उत्साहित मीना आफ्नो पीडा भुलेर ४८ जना बालबालिकाहरूको अभिभावक बनेकी छन् । मीनालाई बालबालिकाले ‘आमा’ भनेर सम्वोधन गर्छन् । दिनरात नभनेर उनी बालबालिकाको सेवामा जुटिरहेकी छन् । काखे शिशुदेखि उच्च मावि तहसम्म पढ्ने बालबालिकाकी आमा हुन्, उनी ।

उनले अनाथ बालबालिकालाई सहयोग गर्नु सबैभन्दा ठूलो मावन धर्म ठानेकी छन् । त्यसैले पनि उनी आफ्नो गच्छेअनुसारको मानव धर्ममा निरन्तर सक्रिय भएर लागिरहेकी छन् ।

मीना भन्छिन्, ‘सुरुमा विरोध गर्नेहरूले पनि अहिले मलाई सकारात्मक रूपमा लिन थालेका छन् ।’ समाजमा उनको कामप्रति सकारात्मकता बढेपछि उनलाई थप उर्जा मिल्यो।

आफ्नो लगाव र मेहनतका कारण समाजसेवाका कर्महरूमा कम बाधा अड्चन आएका उनले सुनाइन् । उनी निरन्तर आफ्नै गतिमा समाजसेवामा हिँडिरहेकी छिन् ।

वैवाहिक जीवन असफल भएपछि अर्को विहे गरेर सीमित सन्तानकी आमा बन्ने अवसर छाडेर असंख्य सन्तानकी आमा बन्ने अवसर संगालिरहेकी मीना अहिले मुलुककै उदाहरणीय आमा गनिएकी छन् । अहिले मीनाका ४८ जना सन्तान छन् । मीनाले त्यति धेरै सन्तानलाई आफ्नै कोखबाट जन्म नदिए पनि सबैका लागि जन्म दिने आमाकै बराबर ममता दिएर हुर्काइरहेकी छन् ।

झाँगिदै छ साझा फूलबारी

वि.सं २०५९ सालमा आश्रमको भवन निर्माण पूरा नहुँदै मीनाले ७ जना असहाय बालबालिका र दुई जना वद्धवृद्धालाई आफ्नै घरमा राखेर पालनपोषण थालेकी थिइन् । भवन निर्माण सम्पन्न भएसँगै आश्रममा बालबालिका र वद्धवृद्धालाई स्थानान्तरण गरियो । अरू असहाय बालबालिका र वृद्धवृद्धा पनि थपिन थाले ।

हाल मेचीदेखि महाकालीसम्मका २२ जिल्लाका ४६ जना बालबालिकाहरू यहाँ आश्रित छन् । कर्णाली प्रदेशको दैलेखसहित पाल्पा, चितवन, भक्तपुर, ओखलढुंगा, खोटाङ, भोजपुर, सखुंवासभा, तेह्रथुम, धनकुटा, उदयपुर, सुनसरी, मोरङ, झापा, इलाम, ताप्लेजुङ, पाँचथरलगायत जिल्लाका बालबालिकाहरू यहाँ एकै छानामुनि हुर्किरहेका छन् । जसमा लोपोन्मुख चेपाङ, अल्पसंख्यक धिमाल, उच्च हिमाली क्षेत्रका शेर्पा, तराइका दनुवार, दलित, बाहुन, क्षेत्री, राई, लिम्बु र मधेशी समुदायका बालबालिका छन् ।

मीनाले थालेको यो अभियानमा स्थानीय समाजसेवी तथा महिला नेतृहरू भागिरथा अधिकारी, सीतादेबी निरौला, अतिहिरा राई, हीरादेबी राई, चन्द्रकला गौतम, सुशिला थापा, कविता थापा, देवका खनाल, मीनादेबी कार्की, लक्ष्मीदेबी सुब्बा र रामप्यारी तामाङले सुरुवाती चरणमा साथ र हौसला दिएका थिए । कतिपय अझै पनि उत्तिकै सकृय छन् ।

महिलाहरूको अगुवाइमा थालिएको यस सामाजिक अभियानमा २०६५ सालदेखि पुरुषहरूको पनि सहभागिता रह्यो । सञ्चालक समितिमा महिलाहरूको ६० प्रतिशत र पुरुषहरूको ४० प्रतिशत प्रतिनिधित्व रहेको छ । सोही गृहकी बालिकाको नामबाट यसको नाम नमूना बालगृह राखिएको हो । बालगृह सञ्चालन गर्न वार्षिक १८ लाख रुपैयाँ खर्च हुने मीनाले जानकारी दिइन् ।

मीनाले आफ्नो भएभरको सम्पत्ति बालगृहको नाममा हस्तान्तरण गरिसकेकी छिन् । मीनाले गृहलाई आफ्नो सम्पत्ति बिक्रीबाट आएको ७० लाख रुपैयाँ बालबालिकाको भबिष्य निर्माणका लागि प्रदान गरेकी हुन् । बालगृहको अक्षकोषमा रहेको रकमले उर्लाबारी–७ को बैँशाबारीमा एक विघाह पाँच कट्ठा जग्गा खरिद गरिएको छ । उक्त जग्गामा नमूना कृषि फार्म दर्ता गरी सञ्चालन गर्ने प्रक्रिया थालिएको छ ।

शिक्षा, रोजगारी र आत्मनिर्भताको बाटो

बालगृहमा रहेका दुई जना बालिका कक्षा ११ मा कृषि बिषय लिएर अध्ययन गरिरहेका छन् । त्यस्तै, पाँच जना उच्च शिक्षा अध्ययनरत छन् भने आठ जना स्थानीय निजी विद्यालयमा अध्ययरत छन् । त्यस्तै, उर्लाबारी–८ को लक्ष्मी माविमा १२ जना अध्ययरत छन् भने २ कक्षासम्मका १९ जना बालबालिका सोही गृहमा रहेको नमूना सदनमा पढ्छन् ।

उनीहरूमध्ये केहीको शुल्क विद्यालयले छुट दिएका छन् भने केहीको बालगृहले नै व्यहोर्ने गरेको छ । बालगृहभित्रै चल्नेगरी दर्ता भएको नमूना शिक्षा सदन पनि पाँच वर्षदेखि निरन्तर सञ्चालनमा छ । ३ कक्षासम्म जिल्ला शिक्षा कार्यालय मोरङबाट स्वीकृति प्राप्त गरेपनि आवश्यक सहयोग नजुटेका कारण २ कक्षासम्म मात्र सञ्चालनमा छ ।

बालगृहमा रहेको नमूना बाल केन्द्रमा एक जना सहयोगी शिक्षिकालाई मासिक रुपमा ३ हजार रुपैँयाबाहेक अन्य सहयोग राज्यबाट प्राप्त नभएको गृहकी सहसचिव सुशिला थापाले बताइन् । स्थानीय गरिब, विपन्न तथा बालगृहका १९ जना गरी ३६ जना बालबालिकाहरू नमूना शिक्षा सदनमा २ कक्षासम्म अध्ययन गर्छन् ।

बाल गृहमा रहेको विद्यालयमा आवश्यकता अनुसार शिक्षकहरूको ब्यवस्था नभएकाले पठनपाठनमा समस्या हुने गरेको छ । देशविदेशमा रहेका सहयोगीदाताहरूको भरमा चलिरहेको बालगृहमा सरकारी सहयोग भने अझै पुग्न नसकेको मीनाले सुनाइन् ।

आठ जनाले पाए नागरिकता

नमूना बालगृहमा आश्रित आठ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका छन् । उनीहरूको नागरिकता बालगृहले नै बनाइदिएको हो । यहाँ बस्ने प्रत्येक बालबालिकाको जन्मदर्ता उर्लाबारी नगरपालिकाले गर्नेगर्छ । जिल्ला प्रशासन कार्यालय मोरङमार्फत बालगृहले नागरिकता बनाइदिने गरेको मीनाले बताइन् ।

नागरिकता बनाउँदा बाबु वा आमाले गर्ने सनाखत बालगृहले नै गर्दा अहिलेसम्म कुनै कानुनी र व्यवहारिक अड्चन भने नदेखिएको उनको भनाइ छ । सबैको साथ र सहयोगका कारण नागरिकता बनाउन सहज भएको उनी बताउँछिन् । बालगृहमा आश्रित सात जना सक्षम भइ हाल अध्ययनसँगै रोजगारीसमेत गरिरहेका उनले बताइन् ।

Advertisement

उनीहरुलाई आफन्तको खोजी गरी पुर्नस्थापित गरिसकिएको छ । त्यस्तै, रीता विकले गृहबाटै विवाह गरी आफ्नो घरजम गरेर बसेकी छिन् भने राम राउत बालगृहकै एबुलेन्स चलाउँछन् ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top