×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

झोराहाटमा चारजना कविका कवितालाई श्रोताको ताली नै ताली

१२ श्रावण २०७५

विराटनगर, १२ साउन । झोराहाट नाट्य समूहको आयोजनामा हरेक महिनाको दोस्रो शनिबार हुँदै आएको मासिक साहित्यिक शृंखला सम्पन्न भएको छ ।

कविता सुन्नका लागि झापा, मोरङ, सुनसरी, धनकुटा मात्रै होइन तेह्रथुम, इलामबाट पनि स्रोताको भीड लागेको थियो । हरेक शृंखलामा कविता सुन्न आउने स्रोताको भीड बढ्दै गएको आयोजक समितिका अध्यक्ष भरत गुरागाईंले बताए । “हामी अत्यन्तै उत्साहित भएका छौं स्रोताको उपस्थितिले,” उनले थपे, “साहित्यकार र स्रोताकै मायाका कारण झोराहाट बलियो हुँदै गएको छ ।”

Advertisement
Advertisement

नाट्य समूहको हलमा २६ औं शृंखलाका रुपमा आयोजित कार्यक्रममा चारजना कविले आफ्ना चार–चार वटा कविता प्रस्तुत गरेका थिए । ‘गाउँमा रंगमञ्च, जीवन र संस्कृतिको फरक अभ्यास’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा कवि सागर तिम्सिनाले ‘मान्छे’, ‘महाकविलाई गाउँमा घुमाउँदा’, साँच्ची किनाराका सदर’ र ‘पार्वती सदा’ तथा हरि कट्टेलले ‘दलित र मुक्तिको आवाज’, ‘मान्छेसँग अग्लिन’, ‘छाउपडीको छोरी व्यथा’ र ‘नेपाल बन्द छ’ शीर्षकका कविता वाचन गरेका थिए ।

त्यस्तै झापा दमककी कवि सुमित्रा बाङ्देल (चेली)ले ‘जन्मभूमि’, ‘भानुभक्त बालाई चिठ्ठी’, ‘प्रश्न समयलाई’ र ‘एउटा यस्तो घर बनाऊँ’ शीर्षकको कविता वाचन गर्दा कवि दीपक शम्चुले ‘आमाको आशीर्वाद’, ‘छोरालाई चिठ्ठी’, ‘एक शिक्षकको बयान’ र ‘आत्महत्या’ शीर्षकको कविता वाचन गरे ।

कार्यक्रमको प्रारम्भमै चारैजना कविलाई प्राज्ञ विवश पोखरेल, साहित्यकार बलराम पोरखेल, गायत्रीकुमार चापागाईं र आयोजक संस्थाका अध्यक्ष भरत गुरागाईंले संयुक्त रुपमा माला लगाएर सम्मान गरेका थिए । झोराहाट नाट्य समूहमा आएर हालसम्म एक सयभन्दा बढी कविले आफ्ना कविता वाचन गरिसकेको कार्यक्रम संयोजक प्रयाग न्यौपानले जानकारी गराए ।

Advertisement

समूहले साहित्यिक कार्यक्रमका साथै नाटक मञ्चन, प्रशिक्षणलगायतका कार्यक्रम पनि सञ्चालन गरिरहेको कार्यक्रमका सहसंयोजक उमेश लुइँटेलले बताए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top