×

NEPAL TIMES UPDATES

Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026

मुख्यमन्त्रीले नै मान्दैनन् संविधान

२४ आश्विन २०७८

२४ असोज, विराटनगर ।

विधान बनाउनेले नै संविधानको कार्यान्वयन गर्न छाडेका छन् । यसको ज्वलन्त उदाहरण हुन्– प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य ।

Advertisement
Advertisement

संविधानसभाको मस्यौदा समितिमा रहेर विधान बनाएका आचार्यले आफैँले संविधान उलंघन गरेका छन् । ३० दिनभित्रमा विश्वासको मत लिने संवैधानिक व्यवस्था भए पनि मुख्यमन्त्री आचार्यले त्यसको ठाडो उलंघन गरेका छन् ।

मुख्यमन्त्रीले प्रतिनिधित्व गरेको दल विभाजित भए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानलाई उनले आफूअनुकूल व्याख्या गर्ने गरेका छन् । विधान बनाउने र कार्यान्वयन गर्नेले यस्तो हर्कत देखाउनु राम्रो नभएको विपक्षी गठबन्धनको भनाइ छ ।

विश्वासको मत चाहिएको प्रस्ताव संसद्मा पेस नै नगरी ५ कात्तिकसम्मका लागि प्रदेश बैठक स्थगित भएको छ । आज बसेको बैठकमा विपक्षी गठबन्धन दलका नेताहरूले सभामुख प्रदीपकुमार भण्डारीप्रति कटाक्ष गरेका थिए । मुख्यमन्त्रीले संविधानलाई कुल्चिँदासमेत सभामुख मुक दर्शक मात्र भएको नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राईले बताए ।

’सभामुखको विरोध भएपछि २५ असोजका लागि बोलाइएको बैठक ५ कात्तिकका लागि सारिएको छ’, विपक्षी गठबन्धनका एक नेताले भने, ’उहाँलाई अब सभामुख मानौँ कि एमालेका नेता मानौँ, हामी नै अचम्ममा परिरहेका छौँ ।’

शनिबार शुभकामना दिन भन्दै संसदीय दलका नेताहरूलाई फोन गरेका सभामुख भण्डारीले अविश्वासको प्रस्ताव दशैँपछि मात्र अगाडि बढाउन सहयोग गरिदिनसमेत आग्रह गरेका थिए ।

’उहाँले मलाई अप्ठ्यारोमा नपारिदिनुहोस्, सहजीकरण गरिदिनुप¥यो भन्नुभएको छ’, नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्र आङ्बोले भने, ’तपाईंबाट संविधानको पालना हुनुपर्छ, त्यसमा विधानले के भन्छ, त्यही गर्नुहोस् । हामी सहजीकरण गर्न तयार छौँ भने पनि मुख्यमन्त्रीले दशैँमा मासु खाने योजना सुनाउनुभएको थियो । त्यही योजनालाई उहाँले पनि साथ दिएको देखियो ।’

बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखकहाँ जाने तयारीमा गठबन्धन रहेका छन् । भोलि प्रदेश प्रमुखकहाँ गएर ध्यानाकर्षण गराउने र संविधानको रक्षाका लागि आग्रह गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताए ।

विपक्षी गठबन्धन दलहरूले दशैँका मुखमा बोलाइएको संसद् दशैँमा समेत रोक्न नपाइने माग राखिरहेकै बेला सभामुखले आजै साँझ सूचना टाँसेर संसद् स्थगन गरेका छन् ।

Advertisement

आचार्य १० भदौमा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि मुख्यमन्त्रीमा नियुक्त भएका थिए । केन्द्रमा भने ९ भदौमै एमाले फुटेर नयाँ पार्टी बनेको थियो । उनले दुई पटक मन्त्रीमण्डल विस्तार गरिसकेका छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top