×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026

गाउँमा पनि सिमेन्टको घर, रातो माटो र कमेराले पोतेको देख्न पाइदैन

२५ आश्विन २०७८

गलेश्वर: बडादसैँ घर आँगनमा भित्रिइसकेको छ । पितृपक्ष समाप्त भएर नवदुर्गा आरम्भ हुनेवित्तिकै दसैँ सुरुआत हुने गर्दछ । दसैँ सुरु हुनेवित्तिकै गरिने पहिलो काम भनेको घर आँगनको लिपपोत र सरसफाइ हो । रातो माटो र कमेराले लिपपोत गरेर चिटिक्क पारिएका घरमा जमरा राखेसँगै दसैँको उत्सव सुरु हुने गर्दछ ।

विगत केही वर्षयता रातोमाटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै गएपछि रातोमाटो र कमेराका मड्किना (माटो निकालिने ठाउँ) पुरिँदै गएका छन् ।

Advertisement
Advertisement

गाउँमा विकास र सुविधासँगै आधुनिकताको प्रभाव बढ्दै गएपछि रातो माटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै गएको छ । ग्रामीण भेगका अधिकांश घर पनि सिमेन्टले प्लास्टर गरेर लिपपोत गर्नै नपर्ने किसिमका बनाइएका छन् । बजारमा आयातित रङ किनेर घर रङ्गाउने चलन शुरु भएपछि कमेरो र रातोमाटोले घर पोत्ने चलन हराउँदै गएको बेनी नगरपालिका–२ बगरफाँटका ८५ वर्षीय बाबुराम उपाध्यायले बताए ।

एक समय थियो, दसैँ भित्रँदै गर्दा रातो माटो र कमेरोले घर, आँगन लिपपोत गरी घर चिटिक्क बनाइन्थ्यो । गाउँका सबै मिलेर घरसम्म पुग्ने गोरेटो खनिन्थ्यो । बाबियोले बाटेको लिङ्गे पिङ र स्थानीय काठबाट निर्माण गरिन्थ्यो, रोटेपिङ लगाइन्थ्यो, अनि गाउँभरिका सबै भेला भएर रमाउने गरिन्थ्यो । अहिले यी सबै चलन हराउँदै गएकाले दसैँको मौलिकता नै नासिएको स्थानीय वृद्धवृद्धाको भनाइ छ ।

दसैँमा घर लिपपोत गर्नका लागि रातोमाटो र कमेरो लिन दुई तीन दिनको बाटो हिँडेर बेनी –२ मा पर्ने रत्नेचौर र सारेमारेमा जिल्लाभरिका महिला तथा पुरुषको भीड लाग्ने गर्दथ्यो ।

दसैँ सुरु हुनुभन्दा चाररपाँच दिनअघिदेखि नै रातो माटो र कमेराका मड्किनामा स्कुलका विद्यार्थीदेखि लिएर गृहिणीको भीडले माटो र कमेरो निकाल्न पालो कुर्नुपथ्र्यो । अहिले रत्नेचौर र सारेमारेका मड्किनामा माटो लिन आउनेको सङ्ख्या नगण्य रहेको स्थानीय हेमकुमारी सापकोटाले बताए ।

यसैगरी दसैंका लागि आवश्यकपर्ने चिउरा, चामल आदि खाद्यान्न ढिकीजाँतोमा कुट्ने, पिध्ने गरिन्थ्यो । अहिले यी सबै चलन हराउँदै गएका छन् । गाउँघरमा ढिकी, जाँतोका आवाज सुनिन छाडेको छ । यस्ता साधनमा अन्न कुट्ने पिध्ने चलन हराएको छ । ढिकी, जाँतोदेखि नै छाडेका छन् । दसैँ पहिलेकोभन्दा महँगो र पृथक बन्दै गएकोे ज्यामरुककोटका रामकृष्ण घिमिरेको भनाई रहेको छ।,याे समाचार आजको राजधानी दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top