एजेन्सी, साउन १३
इण्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी १० जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार विहान ७ बजे ६.४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्र चर्चित पर्यटकीय क्षेत्र लोमबोक रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भूकम्पका कारण धेरै घरमा क्षति पुगेको छ भने थुप्रै मानिस घाइते भएको सरकारी अधिकारीहरुले बताएका छन् । भुमक्पमा परेकाहरुको उद्दार कार्य जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने बढ्ने सक्ने जनाइएको छ ।