NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

पूर्णिमा श्रेष्ठको यात्रा : चुल्होदेखि चुचुरोसम्म

मङ्लबार अशोज २६ , २०७८
Reading Time: 1 min read
A A
Advertisement
पूर्णिमा श्रेष्ठको यात्रा : चुल्होदेखि चुचुरोसम्म
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२६ असोज, पोखरा ।

‘अहिले सम्झँदा अचम्म लाग्छ, एउटा गाउँको मध्यम वर्गीय किसान परिवारकी छोरी मैले हिमाल चढ्ने सपना कहिल्यै देखेकी थिइनँ तर आज पाँच–पाँचवटा हिमालको चुचुरोमा पुग्न सफल भएँ । हिमाल आरोहणको यात्रा आफैँका लागिसमेत एक किसिमले ‘सरप्राइज’ भयो ।’

एकपछि अर्को सफलता हासिल गर्दै हिमाल आरोहीका रुपमा आफ्नो परिचय स्थापित गर्न सफल फोटो पत्रकार पूर्णिमा श्रेष्ठको अनुभव हो यो । श्रेष्ठले यही असोज १५ (अक्टुबर १) मा धौलागिरि हिमाल आरोहण गर्न सफल भएकी हुन्। उनीसँगै अर्का आरोही महिला पासाङल्हामु शेर्पाले पनि धौलागिरि हिमाल आरोहण गरी प्रथम महिला आरोहीको सूचीमा आफूलाई पार्न सफल भइन्। उनीहरु दुवै जनाले आफ्नो नाम राख्न सफल भएका हुन् ।

Advertisement

फरक पृष्ठभूमिबाट पनि लगातार हिमालको चुचुरोमा पुगेर कीर्तिमान राख्न सफल उनले खुसी साट्ने क्रममा भनिन्, ‘जीवनमा सधैँ सोचेको र देखेको सपनाबाट मात्र सफल भइन्छ भन्ने होइन रहेछ, मैले हिमाल चढ्ने सपना देखेकी थिइनँ तर फरक क्षेत्रबाट आफूलाई स्थापित गर्छु भन्ने सोचले चुचुरोतिर पुर्‍यायो र सफल पनि बनायो।’

अहिले बटुलेका खुसीहरुसँग रमाइरहँदा उनी आफ्नो बाल्यकाल र विगततिर पनि फर्किइन् । ‘म घरभित्रको काममा रमाउँथे, कसैले कहीँ घुम्न जाऊँभन्दा पनि घरमा खाना पकाउनुपर्छ भनेर बसिरहन्थेँ, घर सफासुग्घर राख्न खुबै मन पथ्र्यो, आज म चुल्होबाट चुचुरोमा पुग्न सफल भएँ, मेरो सफलतामा साथीहरु पनि दङ्ग छन्।’ आफूलाई सधैँ चुनौतीको सामना गर्न मनपर्ने पूर्णिमालाई आफ्नो अनुभव नै नभएको क्षेत्रमा प्राप्त गरेको सफलताले यतिखेर दङ्ग बनाएको छ ।

गोर्खा आरुघाटमा मध्यम किसान परिवारमा जन्मिएकी पूर्णिमा २०६४ सालमा उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ पुगिन्। काठमााडौँको त्यही भीडबाटै आफूलाई फरक पहिचानको खोजी व्यस्त बनाइन् पूर्णिमाले ।

बुबा आमाको सपना थियो छोरी टेलिभिजनमा समाचार पढेको हेर्ने तर छिटो बोल्ने, अशुद्ध पनि भएकाले पूर्णिमाले टेलिभिजनको पर्दामा आफूलाई सफल हुन नसक्ने निष्कर्ष आफैँ निकाइन्। उनमा पत्रकारिताको हुटहुटी पनि चलिरहेकै थियो । त्यसैले फुड एन्ड वाइन म्याग्जिनमा समाचारदाताका रुपमा काम गरिन् ।

समाचारदाताहरुको पनि भीड नभएको कहाँ हो र ? तर त्यो भीड पनि छिचोल्दै जाँदा पत्रकारितामा महिला फोटो पत्रकार धेरै नभएको र तुलनात्मक रुपमा जोखिमपूर्ण पेसा लागेपछि यसबाट आफ्नो पहिचान बनाउने अभ्यासमा जुटिन् । कर्ममा विश्वास गर्ने र मिहिनेत गर्ने बानीले होला पत्रकारिकातामा पैसा हुँदैन भन्नेहरुका लागि पनि गतिलो उदाहरण बन्ने हिम्मत पूर्णिमामा पलाइरहेको थियो ।

‘म काममा विश्वास गर्छु, त्यसैले पनि मिडियामा केही हुन्न भन्नेका लागि आफ्नै कमाईमा पनि स्तरीय जीवन व्यतीत गरेर देखाँउछु भन्ने लाग्थ्यो,’ उनी भन्छन्। पूर्णिमाले आफ्नै पारिश्रमिकबाट रु तीन लाखको क्यामेरा किनिन्। यसै सिलसिलामा सन् २०१७ मा इन्जा रिपोर्टिङ्गमा गएकी साथी सृष्टि काफ्लले सर्वोच्च शिखर सगरमाथाको सौन्दर्यको बयान गरिदिएपछि पूर्णिमालाई त्यति नै बेला उडेरै सगरमाथ पुगुँझैं लाग्यो तर आरोहीका रुपमा होइन फोटो पत्रकारका रुपमा ।

उनलाई मोह जाग्यो, कहिले हिमालमा पुगुँला र सुन्दर दृश्य क्यामेरामा कैद गरुँ भनेर । अब उनले सगरमाथा बेसक्याम्प पुग्ने बाटोहरुको खोजी गर्न थालिन्। २०१७ मा एभरेष्ट म्याराथन गराउने कम्पनीका सञ्चालक विक्रम पाँणेकाजीलाई पाँच महिनाअघि देखि नै सम्पर्क गरे। आफू ‘अफिसियल फोटोग्राफर’ का रुपमा त्यहाँ पुग्न चाहेको र जसरी पनि सहभागी गराउन अनुरोध गरिन्।

आयोजकले दुब्ली पातली पूर्णिमालाई विभिन्न कठिनाइ देखाइरहे तर उनको आत्मविश्वासको अगाडि कम्पनि पनि बाध्य भयो । सम्पूर्ण प्रक्रिया पूरा गरेर उहाँलाई बेसक्याम्पसम्मको कार्यक्रममा सहभागी गरायो ।

यसरी पूर्णिमालाई पहिलो पटक हिउँसँग स्पर्श गर्ने अवसर प्राप्त भयो । नेपाल हिमालैहिमालको देश रहेछ भन्ने तथ्यलाई भित्रैदेखि अनुभूति गर्ने अवसर त्यतिबेला मिलेको उनी सुनाउछिन् । त्यही बेसक्याम्पसम्मको अनुभव नै उनलाई हिमालको चुचुरोमा पुर्‍याउने सशक्त आधार बन्यो ।

मनमा हिमाल उक्लने चाहनाहरु बढ्न थाल्यो । हिमाल आरोहणका बारेमा सिक्न र जान्न मन लाग्न थाल्यो । एक दिन साथीभाइमाझ सगरमाथा चढ्छुभन्दा पूर्णिमा हाँसोको पात्रसमेत बने। ‘स्वाभाविक पनि हो बेसक्याम्पको यात्रा छिचोल्न निकै सास्ती भएर घोडाको सहारा लिन पुगेको मान्छे सगरमाथाको चुचुरोमा पुग्छुभन्दा पत्याउने कुरै भएन,’ उनी सम्झिन्छिन्।

धेरैले उनीलाई हिमाल आरोहणमा सोचे जसरी प्रेरित भने गरेनन् । किन चढ्ने हिमाल ? हिमाल चढेर के हुन्छ ? भन्नेको सङ्ख्या निकै धेरै थियो तर त्यसको उत्तर उहाँसँग थिएन । फेरि त्यसबीचमा निकै कमले मात्र भित्री इच्छालाई बुझेर त्यो आँटलाई पूरा गर्नुपर्छ भनेर हौसला दिन्थे ।

पूर्णिमाले आफ्नो चाहना पूरा गर्ने प्रयास जारी राखिन्। उनलाई ननिदाई देख्ने सपनाको नसा लागिसकेको थियो । त्यसैले त्यो सपना पूरा गर्न उनी कैयौँ रात जागै बसेकी छिन् ।

दिनदिनै जागेको यही भोक मेटाउन एक दिन हिमाल आरोहण कम्पनिको मानिसलाई आफ्नो सगरमाथा चढ्ने इच्छा सुनाइन् । सगरमाथा चढ्नुअघि ६ हजार मिटर चुचुरो चढ्नुपर्ने सुझाव पाएपछि उनी त्यसको तयारीतिर लागिन् । ‘मलाई यसरी तालिम विना नै सहजै हिमाल चढ्छु, भन्ने आँट कसरी आयो होला ?’ यो आफ्नै प्रश्नको जवाफ उनले अहिलेसम्म पनि पाएकी छैनन् । उनी अहिले पनि अनुत्तरित प्रश्नमै रोकिन्छिन्। आर्थिक पाटोको समस्या पनि उस्तै थियो ।

यसबीचमा आफू अध्ययरत स्कुलका भाइबहिनीले खाजा रकम जोगाएर दिएको सहयोग रकमदेखि साथीहरुले आफ्नो रहर पैसाले रोक्नु हुँदैन भन्दै दिएको ऋणसम्म गरेर रु चार लाख, विभिन्न शुभचिन्तकबाट प्राप्त साथ सहयोग र शुभेच्छाले मानसिक रुपमा त उनले चुचुरो चढिसकेकी थिइन् ।

सशरीर मात्र त्यहाँ पुग्न बाँकी थियो । अन्ततः आमा बुबादेखि सम्पूर्णको आशीर्वाद लिएर सन् २०१७ सेप्टेम्बर पहिलो हप्ता मनास्लु हिमाल आरोहण दलमा सहभागी भएर चुचुरोतिर उनका पाइला लम्के ।

विभिन्न कठिनाइ हण्डर र ठक्कर सबैको अनुभव बटुल्दै २२ दिनमा उनी असोज १२ गते (सेप्टेम्बर २६) सन् २०१७ मा पहिलोपल्ट आठ हजार एक सय ६३ मिटरको मनास्लु हिमालको चुचुरोमा पुग्न सफल भइन्। जीवनको पहिलो हिमाल आरोहणको अनुभव उनले मनास्लु हिमालबाट लिइन् । त्यसपछि उनको आत्मविश्वास हिमालजस्तै अग्लिँदै गयो । सन् २०१८ मे १९ मा उनले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिन् ।

त्यसैगरी सन् २०२१ अप्रिलमा अन्नपूर्ण प्रथम र २०१९ नोभेम्बर १० आमादब्लम हिमालको सफल आरोहणको अनुभव बटुलिन्। धौलागिरि हिमाल उनी दोस्रो प्रयासमा सफल भइन्। ‘हिमाल आरोहण मृत्यु बोकेर हिँडेको यात्रा हो, कति बेला कहाँ के हुन्छ थाहा छैन तर त्यही जोखिम र चुनौतीबीच प्राप्त खुसी र आनन्द सबैभन्दा ठूलो उपलब्धि हो,’ श्रेष्ठले भनिन्।

‘हिमाल चढेको खुसी सम्झिरहँदा यसको ऋण सकेसम्म नसम्झनु परे हुन्थ्यो जस्तो लाग्छ,’ उनले साथीभाइसँग ऋण लिएर हिमाल चढेको र कम्पनी र गाइडलाई बुझाउने पैसाको अभाव भएको प्रसङ्ग पनि जोड्न छुटाउनु भएन ।

धनभन्दा अघि मन सारेर बटुलेको इच्छाशक्तिले आरोहणमा सफलता मिलेको स्मरण गर्दै उनले हिमाल चढ्दाका प्रत्येक पाइला याद रहेको बताइन्। ‘जति मिहिनेत गर्‍यो, उत्ति सफलता हात पर्छ, भन्ने यथार्थ भोगाइलाई आत्मसात् गर्न पाएँ,’ श्रेष्ठले भनिन् । उनले यसअघि अन्नपूर्ण प्रथम आरोहण गर्नुपूर्वको तयारी राम्रो भएकाले आर्थिक बोझ कम भएको सुनाइन् ।

‘अन्नपूर्ण प्रथमका लागि प्रदेश सरकारको पनि सहयोग रहेकाले दिल खोलेर खुसी साट्न पाएको थिएँ तर अहिले धौलागिरि हिमाल भने ऋणमै पुगेर आएँ,’ उनले भनिन्, ‘उमेर छ समय पनि छ, कुनै दिन तीर्न सकूँला नि भनेर बसेकी छु ।’

उनले सबैको जीवनमा एउटा–एउटा सगरमाथा हुने र त्यो चढ्न निकै गाह्रो हुने अनुभव सुनाइन् । आफ्नो जीवनमा हिमाल नै ऊर्जा भएकाले अब जस्तै कठिन अवस्था आए पनि सहजै पार लगाउन सक्छु भन्ने आत्मविश्वास बढेको उनको भनाइ छ । यतिखेर सफलतामा आएका समाचार र साथीभाइका शुभकानामा पनि आफ्नो १० लाख ऋण भने भित्रभित्रै सम्झिरहने उनी बताउँछिन्।

हिमाल आरोहणको यात्रामा आफू नथाक्ने यात्री भएकाले निरन्तरता दिने योजना उनको छ । नेपालका आठ हजार मिटरभन्दा माथिका कञ्चनजङ्घा, ल्होत्से र मकालु एकै याममा चढ्ने योजना बनाइरहेकी श्रेष्ठले किलर माउन्टेन भनेर चिनिने केटु हिमाल भने साँचेर राख्ने र चढ्न हतार नगर्ने बताइन् ।

‘केटु हिमाल साँचेर राखेको सपना हो, हतार गर्दिनँ,’ उनले भनिन्। पत्रकारितमा स्नातकोत्तर श्रेष्ठले आफूभित्रको विशेष क्षमताको समयमै पहिचान गर्न आफू सफल भएको बताइन् । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियजगत्मा ब्रान्डिङ गर्न पर्वतारोहण पर्यटनलाई जोड दिन उजको सुझाव छ ।

नेपालमा रहेका अनगिन्ती चुचुरोहरु प्रचारप्रसारको अभाव ओझेलमा रहेको बताउँदै सरकारले देशका हरेक हिमालको पहिचान र परिचयबाहिर ल्याएर विशेष नीति निर्माणसहित यसको प्रवद्र्धनमा जोड दिनुपर्ने उनको सुझाव छ ।

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.