विराटनगर, साउन १३
मोरङको पथरी शनिश्चरे वडा नम्बर ६ हसन्दह निवासी हरिबोल चन्द्रवंशीले छोराको जीवन बचाई दिन अपिल गरेका छन । उनले आफना १६ बर्षीय छोरा अभिषेककुमार चन्द्रवंशीको जीवन बचाई दिन अपिल गरेका हुन ।
स्थानीय अमरसिंह उच्च मावि कक्षा ९ मा अध्ययनरत अभिषेकको दुवै मृगौला फेल भएपछि उनले सहयोगी मनहरुलाई सहयोग गरिदिन अनुरोध गरेका हुन ।
उनले छोराको उपचारका लागि भारतको मेदान्त, एपोलो, काठमाडौंको कान्तिबाल , टिचिङ र धरानको घोपामा देखाउदा आफूसँग भएको सबै रकम सकिएको बताए । अहिले अभिषेकको विराटनग स्थित नोबेल अस्पतालमा डायलाइसिस भैईरहेको छ ।
मृगौला प्रत्यारोपण गर्न विराटनगर बाहिर लान अस्पतालले सल्लाह दिएको पीडित बालकका बुबा हरिबोल चन्द्रबंशीले जानकारी दिए । उनले अहिलेसम्म २० लाखभन्दा बढी खर्च भैइसकेको बताउदै छोराको मृगौलासँग आफ्नो र श्रीमतीको मृगौला म्याच भएको तर आर्थिक अवस्था कमजोर भएको भन्दै मृगौला प्रत्यारोपणमा सहयोग पु¥याउन अनुरोध गरे ।
कमजोर आर्थिक अवस्था भएको चन्द्रवंशी परिवार अभिषेकको मृगौला फेल भएपछि बिचल्लीमा परेको छ । कृषि पेशा गरेर जीवन यापन गर्दै आएको चन्द्रवंशी परिवारलाई अहिले अभिषेकको उपचार गर्न समस्या भएको छ । स्थानीय सरकारी विद्यालयमा पढ्दै आएका अभिषेकलाई २०७२ सालदेखि पिसाबमा समस्या देखिएको थियो ।