झापामा दुईवटा भन्सार कार्यालय

भद्रपुर, साउन १३
भद्रपुरस्थित मेची नदीमा पक्की पुल निर्माणसँगै भद्रपुर छोटी भन्सार कार्यालयको स्तरोन्नति भएको छ । मेची भन्सार कार्यालयको मातहतमा रहेको सो कार्यालयलाई भन्सार विभागले छुट्टै भद्रपुर भन्सार कार्यालयको दर्जा दिएको हो ।

Advertisement

उक्त कार्यालय सञ्चालनमा आएसँगै झापामा दुई वटा भन्सार कार्यालय भएको मेची भन्सार कार्यालयका प्रमुख टेकनाथ अर्यालले बताए । उनले मेची पुल निर्माणसँगै भन्सार विभागको पहलमा साउन १ गतेदेखि भद्रपुर भन्सार कार्यालय स्थापना गरिएको बताए ।

कर्मचारी अभावका कारण तत्काल कार्यालय सञ्चालनमा आउन नसकेको जानकारी दिँदै उनले भने “अहिले मेची भन्सार कार्यालयकै मातहतमा यो कार्यालय चलिरहेको छ, विभागले साउनको अन्तिम साताभित्रमा अधिकृतसहितको कर्मचारी पठाएपछि त्यहाँको सम्पूर्ण काम सिधँै विभागसँग जोडिनेछ ।”

Advertisement

भद्रपुर नगरपालिकाको स्थापनासँगै विसं २००८ मा भद्रपुर भन्सार कार्यालय स्थापना भएको थियो । झापामा प्रमुख भन्सारका रुपमा रहेको भद्रपुर कार्यालय पूर्व–पश्चिम राजमार्ग सञ्चालन भएसँगै मेची भन्सार कार्यालयको स्थापनापछि छोटी भन्सारको रुपमा परिणत भएको भद्रपुर नगरपालिका–५ का दुर्गा भट्टाराईले बताए । उनका अनुसार विसं २०३९ देखि भद्रपुर भन्सारको गतिविधि मेची भन्सारले नै हेर्दै आएको थियो ।
(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top