‘प्रोजेक्ट बैंक’मा ६७२७ आयोजना समावेश, १३२४ आयोजना नयाँ

२८ असोज, काठमाडौँ । सरकारले पछिल्ला दुई आर्थिक वर्षमा बजेटमा कार्यक्रम राख्नुअघि त्यसलाई राष्ट्रिय योजना आयोग मातहत रहेको राष्ट्रिय आयोजना बैंकमा प्रविष्ट गर्नुपर्ने नियम लागु गरेको छ ।

यसअनुसार देशभरबाट ६ हजार ७२७ आयोजना ‘प्रोजेक्ट बैंक’मा प्रविष्ट भइसकेका छन् । यीमध्ये ५ हजार ४०३ कार्यक्रम/आयोजना कार्यान्वयनमा रहेका वा अगाडि बढिसकेका छन् ।

आयोजना बैङ्कले कार्यान्वयनमा रहेका आयोजनाको अवस्था, लागत, कार्यान्वयन गर्ने निकायसहितका सूचना एकै स्थानबाट उपलब्ध गराउँछ । प्रगति विवरण समेत राखिने भएकाले सरोकारवालाले आयोजना कुन अवस्थामा छ भनेर सजिलै थाहा पाउँछन् ।

सरकारले पूर्वतयारीको काम नसकिएका आयोजना बजेटमा नपरून् भनेर फिल्टर प्रणालीका रूपमा ‘प्रोजेक्ट बैङ्क’ कार्यान्वयनमा ल्याएको हो । आर्थिक वर्ष ०७७÷७८ को बजेट बनाउँदा आयोजना बैंकबाटै आयोजनाहरू राखिएका थिए ।

आयोगका अनुसार स्थानीय तहका आयोजना समेत प्रोजेक्ट बैङ्कबाट कार्यान्वयनमा ल्याइएको छ । पूर्वतयारी सकिएका आयोजना प्रोजेक्ट बैङ्कमा राखेर त्यहाँबाट वार्षिक नीति तथा कार्यक्रम र बजेटमा राख्दा कार्यान्वयन प्रभावकारी हुने लक्ष्यसहित आयोजना बैङ्क सुरु भएको हो ।

औचित्य पुष्टि हुने आयोजनालाई मात्र बजेटमा पार्न आयोजना बैङ्क सुरु भएको हो । यो अवधारणाको पूर्ण कार्यान्वयनका लागि भने आर्थिक वर्ष ०७९÷८० सम्म लाग्नेछ ।
आयोजना बैङ्कमा माध्यमबाट सञ्चालित परियोजना कुन चरणमा छ भन्ने आधारमा आयोगले आयोजनाको पुनःप्राथमिकीकरण गर्न सक्छ । राम्ररी अगाडि बढेका आयोजनाहरूलाई एयरमार्क गरेर सम्बन्धित मन्त्रालयहरूमा बजेटको सिलिङ जान्छ ।

विगतमा आयोजनालाई बजेटमा पार्न खास मापदण्ड तोकिएको थिएन । अन्धाधुन्ध आयोजनाहरु बजेटमा परे । खुद्रे आयोजनाको बाहुल्य रह्यो । कतिपय आयोजना सुरु भएपनि औचित्य पुष्टि हुन नसकेर अलपत्र छ ।

कतिपय आयोजना अगाडि बढे पनि सरकारले हरेक वर्ष बजेट दिन सक्दैन । यही कारणले पनि अगाडि बढेका कतिपय आयोजना अलपत्र छन् । भविष्यमा आयोजना यसरी अलपत्र नपरून् भनेर परियोजना बैङ्कको अवधारणा ल्याइएको हो । यस्तो परिकल्पना १५औं आवधिक योजनाबाट गरिएको थियो ।

परियोजना बैङ्कमा प्रविष्ट आयोजना योजना आयोगको मापदण्ड अनुसार छनोट गरिन्छ । कार्यान्वयनमा जानासाथ काम सुरु भइहाल्ने आयोजनाले मात्र बजेट पाउने गरी यसको परिकल्पना भएको हो ।

विस्तृत सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय प्रभाव अध्ययन, मुआब्जा तथा जग्गाप्राप्ति प्रक्रिया, स्रोतको जोहो जस्ता कार्यान्वयन अगाडिका काम हेरेर आयोजनाको ‘रेडिनेस’ जाँच गरिन्छ । यसरी ‘रेडी’ अवस्थामा रहेका आयोजनाले बजेटमा स्थान पाउँछ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top