दशैंका यात्रु सवार जीप दुर्घटना, १८ जना घाइते

२९ असोज, ताप्लेजुङ।

Advertisement

ताप्लेजुङमा दशैंका यात्रु सवार जीप दुर्घटना हुँदा १८ जना घाइते भएको छ । गए राति  फुङलिङ बजारबाट सिरिजंघा गाउँपालिका तेल्लोक जाँदै गरेको को १ ज २०५६ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

दुर्घटनामा एक जना गर्भवतीसहित नौजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेकी २५ वर्षीया विमला लिम्बू, ३० वर्षीय सन्त लिम्बू, २६ वर्षीया प्रमिला लिम्बू, २७ वर्षीय सञ्जीव लिम्बू, फुङ्लिङ नगरपालिका–४ का १४ वर्षीय अब्दुल अलि, ३१ वर्षीया नम्रता बस्नेत, ३८ वर्षीय चन्द्र बस्नेत, १३ वर्षीय रिपब्लिक बस्नेत र सात वर्षीय रोशन बस्नेत गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेलाई उपचारको लागि बाहिर रेफर गरिएको छ भने सामान्य घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

Advertisement

जीप चालक फुङ्लिङ नगरपालिका–८ का ३८ वर्षीय डिल्लीविक्रम सुनुवार पनि दुर्घटनामा घाइते भएका छन् । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको जीपको ब्रेक फेल हुँदा दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top