चीन-भुटानबीच सीमा विवाद समाधान गर्ने रोडम्यापमा हस्ताक्षर

२९ असोज, एजेन्सी । चीन र भुटानबीच सीमा विवाद समाधानको लागि एक रोडम्यापमा हस्ताक्षर भएको छ ।

हिजो भएको भर्चअुल वार्तामा चिनियाँ उप–विदेशमन्त्री वु जिआङ्गाओ र भुटानका विदेशमन्त्री ताँडी दोर्जेले सीमा विवाद समाधान गर्ने रोडम्यापमा सहमति जुटाएको बीबीसीले जनाएको छ । दुई देशबीचको सीमा विवाद समाधान गर्न बनेको रोडम्याप निकै महत्त्वपूर्ण रहेको खबरमा उल्लेख छ ।

सन् २०१७ मा डोकलम क्षेत्रमा भएको विवादको पाँच वर्षपछि बल्ल भुटान र चीनबीच वार्ता भएको हो । हिजो भएको वार्तापछि भुटानको विदेशमन्त्रालयले विज्ञप्ति निकालेर चीनसँग थ्री स्टेप रोडम्यापको लागि भएको सम्झौताले सीमा समस्यालाई सफलतापूर्वक समाधान गर्न मद्दत पुग्ने बताएको छ ।

चीन र भुटानबीचको सहमतिलाई भारतले नोटिस गरेको जनाएको छ । दुई देशबीच सम्झौता हुनासाथ भारतले दिल्लीमा रहेको भुटानी दूतावासमा सम्पर्क गरेको तर दूतावासले कुनै प्रतिक्रिया दिन इन्कार गरेको द हिन्दुले जनाएको छ ।

डोकलम क्षेत्रमा भारत, चीन र भुटानबीचको सहमति आवश्यक पर्ने भारतको भनाइ रहँदै आएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top