कंकालिनी भगवती मन्दिरमा ७ सय ४४ राँगाकाे बलि

२९ असोज, सप्तरी ।

बडादशैँको महानवमीका दिन सप्तरीको भारदहस्थित कंकालिनी भगवती मन्दिरमा सात सय ४४ वटा राँगाको बलि चढाइएको छ ।

पुर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ भारदह गाउँमा अवस्थित नेपालकै प्रसिद्ध कंकालिनी भगवती शक्तिपीठमा महानमवीका दिन बिहीबार सात सय ४४ राँगाको बलि प्रदान गरिएको मन्दिर विकास समितिले जनाएको छ ।

गत वर्ष कोरोना महामारीका कारण राँगा बलिमा कमी आएको भएपनि यसवर्ष भने बढी नै बलि प्रदान गरिएको जनाइएको छ । मन्दिर विकास समितिको निर्णयअनुसार गोलाप्रथाद्धारा सबैभन्दा पहिला सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १ भलुवा निवासी जगदिश यादवको राँगा बलि प्रदान गरिएको थियो । त्यसपछि बलि दिन ल्याइएका भक्तजनका राँगा पालैपालो बलि चढाइएको थियो ।

बिहीबार बिहान ११ बजेर ३० मिनेटबाट सुरु भएको बलि साँझ ८ बजे सम्पन्न भएको थियो । कंकालिनी भगवती मन्दिरमा घटस्थापनादेखि महानमवी सम्म करिब २० हजारको हाराहरीमा खसीबोकाको बलि दिइएको थियो ।

आफनो मनोकामना एवं भाकल पूरा भएपछि नेपालको विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारतको बिहार राज्य अन्तर्गतका विभिन्न जिल्लाबाट पनि राँगाको बलि चढाउन भक्तजनहरु आएका पण्डित मिरकुञ्जय झाले बताए ।

गत वर्ष कंकालिनी भगवती मन्दिरमा तीन सय ८५ वटा राँगा र हजारौँको सङ्ख्यामा खसीबोको बलि दिइएको थियो । अघिल्ला वर्षमा कोरोनाको महामारीका कारण नेपाल–भारत सीमा नाका बन्द हुँदा त्यहाँका भक्तजनहरु आउन नसकेकाले यस पटक धेरै भक्तजनहरु आएका थिए ।

गत वर्ष सप्तरी जिल्लासहित देशैभरि कोरोना माहामारीको प्रभाव परेको थियो । कोरोनाका कारण दशैँमा जिल्लाको कंकालिनी भगवती र छिन्नमस्ता भगवतीसहित विभिन्न ठाउँमा मेला समेत लागेको थिएन ।

यसैबीच यस कंकालिनी मन्दिरमा बडादशैँको महानवीमीका दिन ठूलो मेला पनि लाग्ने गर्दछ । यस वर्ष कोभिड महामारीको कमीले गर्दा नेपाल–भारत सीमा नाका खुल्ला भएका कारण मेला भर्न हजारौँ मानिस अएका थिए ।

नेपालको सप्तरी जिल्लासहित सिरहा, धनुषा, उदायपुर, सुनसरी, मोरङ, झापा र छिमेकी राष्ट्र भारतको बिहार राज्यको सुपोल, मधुवनी अररिया लगायतका ठाउँबाट यहाँ दर्शनार्थीहरु आउने गरेका छन् ।

त्यस्तै सप्तरीकै प्रसिद्ध छिन्नमस्ता भवती मन्दिरमा पनि घटस्थापनादेखि महानमवीसम्ममा करिब २० हजारको हाराहारीमा खसी बोकाको बलि दिइएको छ । त्यहाँ पनि घटस्थापनादेखि महानवमीसम्म मेला लागेको थियो ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top