२९ असोज, काठमाडौं।
साफ च्याम्पियनसिप फुटबलका लागि माल्दिभ्समा रहेको नेपाली फुटबल टिमले दशैं मनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुदाइरीसहित नेपाली टिमका सबै सदस्यले टीका, जमरा लगाएर दशैं मनाएका हुन् ।

नेपाल साफ च्याम्पियनसिपमा फाइनल प्रवेश गरिसकेको छ । फाइनलमा नेपालले भोलि राति ८ः४५ बजे भारतको सामना गर्दैछ ।
