हिन्दू–मुस्मिल समुदायले एकापसमा मिलेर लगाए दशैंको टीका

२८ असोज ७८, शुक्रबार

ढल्केवर: धनुषाधाम नगरपालिका ५, नौसयबिघा गाउँमा हिन्दू–मुस्लिमले एकापसमा मिलेर टीका लगाएर दशैंको शुभकमना आदानप्रदान गरेका छन् ।

हिन्दू परम्पराअनुसार शुक्रबार दशैंको टीका लगाउने शुभ साइतमा नौसयबिघाका स्थानीयले “समाजिक सद्भाव संस्कार” नारा दिएर आयोजना गरेकोे टीका कार्यक्रममा हिन्दूले मुस्लिमलाई र मुस्लिमले हिन्दूलाई दशैंको टीका लगाएर शुभकमना आदानप्रदान गरेका हुन् ।

टीका तथा शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि तथा धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले कार्यक्रममा उपस्थित हिन्दू–मुस्लिमलाई टीका र जमरा लगाई दिएर दशैंको शुभकमना दिनुभयो । यस्तै मुस्लिम तथा हिन्दू समुदायले एकापसमा टीका तथा जमरा लगाई दिएर शुभकामना आदानप्रदान गर्नुभयो ।

टीका कार्यक्रममा करिब तीनसय जनाको उपस्थित थियो । जसमा करिब ६० जना मुस्लिम समुदायकाले दशैंको टीका ग्रहण गर्नुभयो । नौसयबिघा गाउँमा दुईसय घर मुस्लिम समुदायको रहेकोछ ।

कार्यक्रमका प्रमुख आतिथि तथा धनुषाधाम नगरपालिकाका नगरप्रमुख मण्डलले एक समुदायले मान्दै आएको धर्म, सँस्कृति र परम्परालाई अर्को समुदायले सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले समाजिक भाइचारा र एकापसमा सद्भाव कायम राख्न यस्तो कार्यक्रम भइरहनु पर्ने चर्चा गर्नुभयो ।

नगर प्रमुख मण्डलले नगरपालिकामा पहिलो पटक यस किसिमको कार्यक्रम गरिएको भएपनि यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।विजयकुमार साह/गाेरखापत्र

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top