×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

तोकिएको म्याद भन्दा दुई महिनाअघि नै भवन निर्माण

३० आश्विन २०७८

३० असोज, म्याग्दी ।

ढिलासुस्तीले अधिकांश विकास योजना थला परेको अवस्थामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा लक्ष्य भन्दा दुई महिना अघिनै भवन निर्माण भएको छ ।

Advertisement
Advertisement

अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविको छात्रावास भवन निर्माणको ठेक्का लिएका व्यवसायीले इच्छाशक्ति हुने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने सन्देश दिएका छन् । अन्नपूर्ण गाउँपालिकासँग विस२०७७ चैतमा दुई तले दश कोठे छात्रावास भवन निर्माणका लागि सम्झौता गरेको उत्तरगङ्गा निर्माण सेवाले लक्ष्य भन्दा दुई महिना अघिनै काम सकेको हो ।

आगामी मंसिर महिनासम्म म्याद भएपनि निर्माण व्यवसायीले भवन बनाइसकेका गाउँपालिकाका इञ्जिनियर इश्वरबहादुर भण्डारीले बताए । ‘ठेक्का सम्झौता लगत्तै फैलिएको कोरोना महामारी, निषेधाज्ञा, वर्षा शुरु भएपछिको बाढी पहिरोको असहज अवस्थाका बावजुद पनि लक्ष्यअघि नै भवन बन्यो’, उनले भने ।

एक करोड ४८ लाख लागत अनुमान गरिएको भवन निर्माणका लागि एक करोड एक लाखमा ठेक्का सम्झौता भएको थियो । निर्माण ब्यवसायी कृष्णप्रसाद बरुवालले आवश्यकता अनुसार निर्माण सामग्री, उपकरण जुटाएको, मजदुर परिचालन गरेको बताए ।

गाउँपालिका, वडा कार्यालय र समुदाय स्तरबाट भवन निर्माणमा सहजीकरण भएकाले काम गर्न सहज भएको बरुवालले बताए । शिक्षा, विज्ञान, प्रविधी मन्त्रालयको नमूना विद्यालय कार्यक्रम अन्तरगत ज्ञानप्रकाश माविमा पहिलो चरणमा छात्रावास भवन निर्माण भएको हो ।

निर्माण भएको छात्रावास भवन आगामी तिहार लगत्तै प्रयोगमा ल्याउने तयारी गरेको ज्ञानप्रकाश माविका प्रधानाध्यापक शान्तबहादुर नेपालीले बताए । ‘भवन बनेपछि घर टाढा भएका र बिहान बेलुकी अतिरिक्त कक्षा पढ्नुपर्ने दश कक्षाका विद्यार्थीलाई डेरा खोज्नुपर्ने समस्या हेटेको छ’, उनले भनेका छन् । कक्षा १२ सम्म पठनपाठन हुने ज्ञानप्रकाश माविमा यसै वर्ष राष्ट्रिय पुननिर्माण प्राधिकरणको ७० लाख अनुदान सहयोगमा चार कोठे भूकम्प प्रतिरोधी क्षमताको भवन निर्माण भएको छ ।

नमूना विद्यालय कार्यक्रम मार्फतनै रु. ४२ लाखको लागतमा विद्यालय परिसरमा घेराबार गर्न पक्कि पर्खाल र शौचालय निर्माण भइरहेको प्रअ नेपालीले बताए । पाँच वर्षे नमुना विद्यालय कार्यक्रम अन्तर्गत १० करोड लागतमा पूर्बाधार निर्माण र शैक्षिक सुधारका गतिविधि सञ्चालन गरिने भएको छ ।

Advertisement

कक्षा ११ र १२ मा होटल व्यवस्थापन सङ्कायमा पठनपाठन सञ्चालन गरेको ज्ञान प्रकाश माविमा कम्प्युटर, विज्ञान प्रयोगशाला र पुस्तकालय छ । कक्षा ५ सम्म अंग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन गराइने यस विद्यालयको आधारभूत तहको कक्षा कोठामा शैक्षिक सामग्री प्रदर्शनी गरेर पठनपाठन गर्ने विधि अपनाइएको छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top