पाथीभराका मानव ट्याक्सी, तौल सोधेर भाडा निर्धारण !

३० असोज ७८, आइतबार

ताप्लेजुङ: ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्न जाने तीर्थयात्री तथा पर्यटकका लागि भरियाको सुविधा रहेको छ । यातायातअन्तर्गत सवारी साधन (गाडी) र हवाई मार्गमा हेलिकप्टर सुविधा उपभोग गरिसकेपछि पदयात्रा गर्न नसक्ने तीर्थयात्रीलाई भरिया सुविधाको व्यवस्था गरिएको हो ।

पाथीभरा धाम तीन हजार ७९४ मिटरको उचाइमा रहेको छ । उक्त उचाईमा पदयात्रा गर्न पहाड तथा हिमाली ग्रामीण क्षेत्रका अधिकांश नागरिकलाई तुलनात्मक रुपमा सहज भए पनि शहर र तराई क्षेत्रका नागरिकलाई केही कष्ट हुने गर्दछ । यहि अवस्थालाई दृष्टिगत गरी पाथीभरा क्षेत्रमा रहेको पदमार्गमा भरिया सुविधाको व्यवस्था गरिएको हो ।

पाथीभरा क्षेत्रको पदमार्ग यात्रा गर्नेका लागि भने निक्कै नै सजिलो रहेको छ । करिव दुई मिटर चौडा र पैदल यात्रा सहज हुनेगरी वारपार ढुङ्गा बिछ्याइएको छ । पाथीभरा क्षेत्रको तल्लो फेदी (काफ्लेपाटी) देखि शुरु हुने पदमार्गको दूरी पाँच किलोमिटर रहेको छ । करिव अढाइ घण्टा यात्रा गरेर उक्त दूरीको पदमार्ग पूरा गरी पाथीभरा धाममा पुगिन्छ । यद्यपि, उकालो र ओरालो हिड्नुपर्ने हुँदा ज्येष्ठ नागरिक, बालबालिका तथा हिड्न नसक्ने नागरिकलाई पदयात्रा गर्न गाह्रो हुने गर्दछ ।

पदयात्रा गर्न नसक्नेहरुका लागि पाथीभरा क्षेत्र होटल व्यवसायी महासङ्घको समन्वयमा भरिया सुविधाको व्यवस्था मिलाइएको छ । हाल पदयात्रा गर्न नसक्ने पर्यटक वा तीर्थयात्रीले प्रतिकिलो एकसय रुपियाँ तिरेर भरिया सुविधा उपभोग गर्न पाउँदै आएका छन् । उक्त ढुवानी रकम तल्लो फेदीदेखि पाथीभरा धामसम्मका लागि भरिया आफैँले निर्धारण गरेका हुन् । धामदेखि पुनः फेदीसम्म भरियालाई बोकाएर फर्कनुपरे प्रतिकेजी एकसय रुपियाँ नै तिर्नुपर्ने हुन्छ ।

यता भरियाले मान्छे ढुवानी सुविधा दिनुपर्दा तौल भने नगरी अनुमान गरेर बोक्ने गरेको बताउँछन् । भरिया काम गर्दै आउनुभएका पासाङ शेर्पाले अनुमानमा दुई÷चार केजी तौल फरक परे पनि तीर्थयात्रीले आफ्नो तौल बताउने र सोही अनुसार ढुवानी रकम लिने गरेको बताउनुभयो । भरिया सुविधा १५–२० देखि ११५ केजीसम्म तौल भएका तीर्थयात्रीलाई दिने गरेको शेर्पाले बताउनुभयो । धेरै तौल हुने तीर्थयात्रीलाई तीन÷चार जनाको समूह मिलेर बोक्ने गरेको भरिया बताउँछन् ।
उकालो र धेरै उचाइ क्षेत्रमा भारी बोक्नलाई गाह्रो हुने भए पनि तीर्थयात्रीको सुविधा र भरिया सुविधा दिएबापत पाइने पारिश्रमिकलाई हेरेर भरिया कर्ममा खट्दै आएको उनीहरुको भनाइ छ । हिजोआज सिजनका बेला दिनमा न्युनतम् तीन हजार रुपियाँ रोज बस्ने पनि उनीहरु बताउँछन् । भरियाको कार्य गर्नलाई तीनसय बढीले सम्पर्क गरेका भए पनि अहिले दशैँ तिहारको मौसममा करिव एकसय जना नियमित खट्दै आएका पाथीभरा क्षेत्र होटल व्यवसायी महासङ्घले जनाएको छ । भरियाको काम गर्नेमा केही महिलासमेत रहेका छन् । तीर्थयात्री र उनीहरुको बन्दोबस्तीका सामग्रीसमेत भरियाले बोक्ने गरेका छन् । गाेरखापत्र/ चन्द्र पन्दाक

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top