बारामा ट्याङ्कर र कार एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु

३१ असाेज, बारा ।

Advertisement

बाराको नितनपुरमा ट्याङ्कर र कार एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ ।

आइतबार जीतपुर सिमरा उपमहानगरपालिकाको वडा नम्बर १० नितनपुर चौक नजिक ट्याङ्कर र कार एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो । ना ३ ख ७५९४ को ट्याङ्कर र विपरीत दिशाबाट आइरहेको भारतीय बि.आर. ०६ सी ओ ४१४१ नम्बरको किवा कार एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

मृत्यु हुनेहरूमा कारका चालक भारत विहारको मोती हारीका ३४ वर्षीय राजन सर्राफ, कारमा सवार २५ वर्षीय सुरज प्रसाद र २७ वर्षीय कृत सिंह रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।

दुर्घटना पश्चात् ट्याङ्कर चालक फरार भएको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top