चार महिनापछि पूर्णरुपमा खुल्यो बेसीसहर–चामे सडक

३१ असोज ७८, सोमबार

लमजुङ: मनाङ जोड्ने एक मात्र बेसीसहर–चामे सडक पूर्णरूपमा सञ्चालनमा आएको छ । गत १ असारको बाढीले अवरुद्ध बनेको बेसीसहर–चामे सडक चार महिनापछि पूर्ण रूपमा सञ्चालनमा आएको हो । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले आइतबारबाट अवरुद्ध सडक ४ महिनापछि संचालनमा आएको बताए ।

दसैंको समयमा सडक खुलेपछि मनाङवासीमा खुसी छाएको छ । चार महिनापछि चामेबाट गाडीमा आउँदा खुसीको सीमा नै नरहेको चामेका स्थानीय शुशिला लामा बताउँछिन् । बेसिशहरदेखि चामे हुँदै माथिल्लो मनाङको खाङसारसम्म सवारी पुग्ने भएपछि बेंसीसहरका व्यापारी समेत सामान पठाउन सहज भएको भन्दै उत्साहित बनेका छन् । सडक अवरुद्ध हुँदा मनाङ जान तथा आउन हेलिकोप्टरको भर पर्नुपरेको थियो । यसअघि चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिका जोड्ने भ्राताङ भिरको सडक मर्मतपछि माथिल्लो मनाङको सडक पनि सञ्चालनमा आएको थियो ।

बेसीसहर–चामे सडकखण्डको मनाङकै तलेखुदेखि भ्राताङबीचको सडकखण्ड मर्मत भएपछी आइतबारबाट पूर्णरुपमा सन्चालनमा आएको हो । बाढीपहिरोले सडक तथा पुलमा क्षति पु¥याएपछि लामो समयसम्म मनाङ बाहिरी जिल्लासँग सडकसम्पर्क विच्छेद हुन पुगेको थियो । मनसुनको सुरुवातमै आएको बाढी पहिरोले मनाङमा भौतिक संरचनामा ठूलो क्षति पु¥याएको थियो । जसका कारण आवतजावतका साथै खाद्यान्न ढुवानीमा समेत हेलिकोप्टरकै भर पर्नुपरेको थियो ।

यसअघि बेसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङ–बेसीसहरदेखि ४० किलोमिटर दूरी खोत्रो सिरानतालदेखि ५० किलोमिटर तिमाङसम्मको बीच भागमा अवरुद्ध सडक खुलेसँगै बेसीसहर–चामे सडकमा सीधै सवारी आवतजावत हुँदा यात्रु तथा ढुवानी गर्न केही सहज भएको मनाङका होटल व्यवसायी अस्मिता गुरुङ बताउँछिन् ।

६५ किलोमिटरको बेसीसहर–चामे सडकखण्ड लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ । सडक विभागले आ।व ०५१÷०५२ मा बेसीसहर–चामे सडक निर्माण थालेको थियो । द्वन्द्वका कारण सडक निर्माणमा कठिनाइ भएपछि ०५७ मा तत्कालीन शाही नेपाली सेनालाई जिम्मा लगाएको थियो । ०५२ मा निर्माण सुरु भएको सडक नेपाली सेनाले १९ वर्ष लगाएर ट्रयाक खोलेको थियो । यो सडक सेनाले ०६९ मा सडक विभागलाई हस्तान्तरण गरेयता स्तरवृद्धि हुन सकेको छैन ।, याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top