साफमा उपविजेता बनेको नेपाली टोलीलाई बाजागाजाले स्वागत, खेलकुदमन्त्री पनि पुगे विमानस्थल

१ कात्तिक, काठमाडाैँ ।

साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्केको छ ।

माल्दिभ्समा भएको खेलमा उपविजेता बनेको नेपाली टोली आज बिहान नेपाल आइपुगेको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । उनीहरूको स्वागतको लागि खेलकुद मन्त्री महेश्‍वर जंग गहतराज पनि विमानस्थल पुगेका थिए। उनले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरे । साथै आफ्नो मन्त्रालय र सरकारको तर्फबाट गर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए ।

विमानस्थलमा थुप्रै समर्थकहरुको समेत उपस्थिति रहेको थियो । विमानस्थलमा बाजागाजा सहित नेपाली टोलीलाई स्वागत गरिएको थियो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने आज फर्केका छैनन् । उनले केही दिनपछि मात्रै आफू नेपाल फर्कने÷नफर्कने विषयमा निर्णय गर्ने बताएका छन् ।

त्यस्तै इन्डोनेसियाको पर्सिजा जाकार्ताबाट व्यवसायिक फुटबल खेल्दै आएका रोहित क्लबको जिम्मेवारीका लागि त्यसतर्फ गएका छन् । च्याम्पियनसिपमा भाग लिनका लागि पनि उनी डन्डोनेसियाबाट सिधै माल्दिभ्स पुगेका थिए ।

नेपाल फाइनल खेलमा भारतसँग ३–० ले पराजित भएको थियो । नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top