चीनले गर्याे पहिलो पटक परमाणु क्षमताको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण

३१ असोज ७८, सोमबार

१ कार्तिक, एजेन्सी।

Advertisement

चीनले पहिलो पटक परमाणु क्षमताको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको छ।  चीनले पहिलो पटक उक्त क्षेप्यास्त्र परीक्षण गरेको बेलायती अखबार फाइनान्सियल टाइम्सले शनिबार एक रिपोर्ट प्रकाशित गर्दै खुलासा गरेको हाे ।

बेलायती अखबारको रिपोर्टअनुसार चीनले परमाणु क्षमताको क्षेप्यास्त्र गएको अगष्टमा परीक्षण गरेको थियो। जुन आफ्नो लक्ष्यमा पुग्नुअघि पृथ्वीको तल्लो कक्ष वरिपरी घुमेको थियो।

Advertisement

चीनले अत्याधुनिक र महत्वकांक्षी मानेको उक्त परियोजना लक्ष्यमा नपुग्दै असफल भएको थियाे । चीनले पहिलो पटक गरेको उक्त परीक्षणप्रति अमेरिकी गुप्तचर संस्था हैरान बनेको जनाइएको छ ।

उक्त परिक्षणले जापान र अमेरिकाको रक्षा क्षेत्रमा चुनौती थपेको छ। दुवै देशको रक्षालाई समेत उक्त परिक्षणले असर पार्ने जनाइएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top