सुनको मूल्य प्रतितोला ९१ हजार ३००

सुनको मूल्य प्रतितोला ९१ हजार ३००

१ कात्तिक, काठमाडौँ।

नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको छ । छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला रु ९० हजार ६०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोबार हुनेछ जुन गत सोमबार प्रतितोला रु ९० हजार १५० मा कारोबार भएको थियो ।

महासङ्घले चाँदीको आजको कारोबार मूल्य प्रतितोला एक हजार २२५ तोकेको छ । चाँदी गत सोमबार प्रतितोला रु एक हजार १८० मा कारोबार भएको थियो । रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.