बोक्सी आरोपमा महिलालाई मलमूत्र खुवाइयो, ४ जना पक्राउ

१ कात्तिक, महोत्तरी।

Advertisement

महोत्तरीमा एक महिलालाई बोक्सीको आरोपमा कपाल खौरिदिएर मलमूत्र खुवाएर कुटपिट गरी अभद्र व्यवहार गरिएको छ । जलेश्वर नगरपालिका–४ बस्ने ४२ वर्षीय सुकमरिया देवीलाई बोक्सी आरोपमा मलमूत्र खुवाई कपाल खौरिदिइएको छ । घटनामा संलग्न चार जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा स्थानीय सिकिन्दर महतो, उनकी श्रीमती वर्ष ३२ की पुरनी देवी महतो, स्थानीय ६५ वर्षीया प्रमिला देवी महतो र २० वर्षीय अनिल महतो रहेको जनाइएको छ । प्रहरीले घटनास्थलबाट पीडित महिलालाई बाँध्न प्रयोग भएको नाइलनको डोरी, पीडितको खौरिएको अवस्थामा कपालका टुक्राहरू, मलमूत्र खुवाउन प्रयोग गरिएको प्लास्टिकका ग्लास र बियरको बोतल समेत बरामद गरेको छ ।

Advertisement

गत बुधबार बिहान ३ बजे सडकमै घुमफिर गरिरहेकी अवस्थामा सुकमरियालाई स्थानीय सिकिन्दर महतोलगायतले बोक्सीको आरोपमा कुटपिट गर्दै मलमूत्र खुवाई कपाल समेत खौरेर अपमानजनक ढंगले दुर्व्यवहार गरेको महोत्तरी प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए ।

सुकमरिया देवीलाई देख्ने बित्तिकै सिकिन्दर महतोकी १३ वर्षीया छोरी काजल कुमारी रुन थालेकै कारण  सिकिन्दर समेतले सुकमरिया देवीलाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरी मलमूत्र खुवाई कपाल समेत मुन्डन गरेर अपमानजनक दुर्व्यवहार गरेको अनुसन्धानबाट देखिएको प्रहरी निरीक्षक मिश्रले बताए ।

Advertisement

एक दिन अघि महोत्तरीको मडै गाउँमा भाउजूलाई बोक्सी भन्दै देवरले हत्या गरेका थिए । देवर सञ्जय कुमार झाले भाउजू शिलादेवीको घरमै सुतिरहेको अवस्थामा हथौडाले हानेर हत्या गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top