टि२० विश्वकपमा आयरल्यान्डको विजयी सुरुवात, कर्टिसले लिए चार बलमा चार विकेट

१ कात्तिक ७८, मंगलबार

१ कात्तिक, एजेन्सी ।

तीव्र गतिका बलर कर्टिस क्याम्फरको लगातार चार बलमा चार विकेटको सहयोगमा आयरल्यान्डले आइसिसी टि२० विश्वकप २०२१ मा विजयी सुरुवात गरेको छ । समूह ए मा रहेको आयरल्यान्डले सोमबार आबूधाबीमा भएकाे खेलमा नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गर्दै विश्वकपमा विजयी सुरुवात गरेको हो ।

जितको लागि १ सय ७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड्सले १५.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । आयरल्यान्डको जितमा ग्रेथ डेलानीले २९ बलमा ५ चौका र २ छक्का सहित ४४ रनको योगदान दिए ।

ओपनर पाउल स्टर्लिङ ३९ बलमा १ चौका र १ छक्का सहित ३० रनमा अविजित रहे । कर्टिस क्याम्फर ७ रनमा अविजित रहे । ओपनर केभिन ओ ब्रायन ९ र कप्तान एन्डी बालबर्नी ८ रनमा आउट भए । नेदरल्यान्ड्सका फर्द क्लासेन, पिटर सिलार र ब्रेन्डन ग्लोभरले १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङको रोजेको नेदरल्यान्ड्स निर्धारित २० ओभरमा १ सय ६ रनमा अल आउट भएको थियो । नेदरल्याड्सका ओपनर म्याक्स ओडाउडले ४७ बलमा ७ चौका सहित सर्वाधिक ५१ रन बनाए । कप्तान पिटर सिलारले २१ र भान बिकले ११ रन बनाए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

कर्टिसले नेदरल्यान्ड्सविरुद्ध १० औं ओभरमा यस सफलता हात पारेका हुन् । कर्टिसले दशौं ओभरको दोस्रो बलमा कोलिन एकरमनलाई निल रकबाट ११ रनमा क्याच आउट गराएका थिए । तेस्रो बलमा रायन टेन डेस्काटेलाई शून्यमा एलबीडब्लू आउट गरे । चौथो बलमा स्कर्ट एडवाड्र्सलाई शून्यमा एलबीडब्लू आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए । पाँचौं बलमा रोलेफ भान मर्वेलाई शून्यमा बोल्ड गरे । तीनै खेलाडी गोल्डेन डक पेभिलिएन फर्किए ।

टि२० आई चार बलमा लगातार चार विकेट लिने कर्टिस तेस्रो खेलाडी हुन् । यसअघि २०१९ मा अफगानिस्तानका स्पिनर राशिद खानले आयरल्यान्डविरुद्ध चार बलमा चार विकेट लिएका थिए । २०१९ मानै श्रीलंका पूर्व तीव्र गतिका बलर लासिथ मलिङ्गाले न्युजिल्यान्डविरुद्ध चार बलमा लगातार चार विकेट लिएका थिए ।

आयरल्यान्डका कर्टिस क्याम्फरले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । मार्क आदिरले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । जोश लिटिलको नाममा १ विकेट रह्यो । आयरल्यान्डले आफ्नो दोस्रो खेलमा बुधबार श्रीलंकासँग खेल्नेछ । नेदरल्यान्ड्सले बुधबारनै नामिबियासँग खेल्नेछ । आजको दोस्रो खेलमा नामिबिया र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।

भर्खरको समाचार

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

सम्बन्धित समाचार

Scroll to Top