NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

यसरी बन्यो बैंक लुट्ने योजना

मङ्लबार कार्तिक २ , २०७८
Reading Time: 1 min read
A A
यसरी बन्यो बैंक लुट्ने योजना
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

मोरङ: व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि ऋणको भार बढ्दै गयो ।

झन् कोरोना सुरु भएपछि त व्यापार डामाडोल भयो । ३२ वर्षीय मुखिया ऋण कसरी चुक्ता गर्ने भन्ने चिन्तामा परे । व्यापारमा डुबेको रकम चाँडो हात पार्ने उपायको खोजीमा लागे । उनै मुखियाको योजनामा एक साताअघि मोरङमा बैंक लुटपाट भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

गत सोमबार अपराह्न मोरङको धनपालथान गाउँपालिका–४, कर्सियास्थित सिटीजन्स बैंकको शाखामा लुटपाट भएको थियो । विराटनगर–८, बलुवाहीका मुखियाले भारतका पेसेवर अपराधी ल्याएर बैंक लुटेको प्रहरीको भनाइ छ । हालसम्म पक्राउ तीनमध्ये एक भारतमा हत्याका फरार अभियुक्त हुन् । पक्राउ पर्ने मुखिया र अन्य दुईमा भारत अररिया सेखपुरा–५ का २८ वर्षीय सुनील यादव र अररिया गोराहा–४ का ३० वर्षीय विजय सहनी छन् ।

Advertisement

भारतको विहारस्थित मावलीमा बसेर मुखियाले अपराधकर्ममा लागेका व्यक्तिसँग सम्पर्क गरी आफ्नो गिरोह बनाएका थिए । लुटिएको रकम दामासाहीले लिने सहमति रहेको मुखियाले प्रहरीसँगको बयानमा बताएका छन् । मुखियासँगको सल्लाहअनुसार लुटको १५ दिन अगाडि भारतीय अभियुक्तहरू नेपाल प्रवेश गरेर ठाउँहरू हेरी फर्केका थिए ।

‘योजना बनाएको दुई साताभित्रै पहिले एक गार्मेन्ट र त्यसपछि बैंक लुटे,’ मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले भने । उनीहरूले पहिलो पटक पेस्तोलसहित ४ जनाको समूहमा २२ असोजमा विराटनगरको मेनरोडस्थित एक गार्मेन्ट लुटेका थिए । उक्त गार्मेन्टबाट ११ हजार रुपैयाँ र साहु एवं कर्मचारीबाट ४ मोबाइल मात्र हात लागेको थियो ।

थोरै रकम फेला परेपछि रन्थनिएका लुटेरामध्ये एकले पेस्तोलको पछाडिको भागले हानेर गार्मेन्ट सञ्चालकलाई घाइते समेत बनाएका थिए । समान पेसा भएका कारण मुखियालाई पहिलेदेखि उक्त गार्मेन्टको कारोबारबारे जानकारी थियो । ‘गार्मेन्टबाट ८-१० लाख रुपैयाँ भेटेको भए मेरो आवश्यकता पूरा हुन्थ्यो, बैंक लुट्दैनथ्यौं,’ मुखियाले प्रहरीलाई भनेका छन्, ‘त्यो दिन हामीले गार्मेन्टमा अनुमान गरेअनुरूपको रकम भेटेनौं ।’ त्यसपछि उनीहरूले गिरोहमा हतियार एवं मान्छे थपेर बैंक लुट्ने योजना बनाए । भारत गएर थप व्यक्ति र हतियार खोजेर ल्याए ।

बैंक लुटपाटअघि यो समूह धनपालथानसँग जोडिएको सीमावर्ती जहदा गाउँपालिकाको एक कृषि फार्ममा बसेको थियो । यो समूहका एक सदस्य विजय सहनी एक वर्षदेखि उक्त फार्ममा काम गरिरहेका थिए । सहनी भारतमा हत्याको आरोप फरार रहेका व्यक्ति हुन् । उनी कामदार बनेर उक्त फार्ममा बसिरहेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका अनुसार उनले गत वर्ष सामान्य झगडामा आफ्नै छिमेकी युवा शिवशंकर सहनीलाई गोली हानी हत्या गरेको आरोप छ । एसपी जीसीका अनुसार यो समूहले लुटेपछि भारततर्फ भाग्न सजिले हुने गरी मोरङका थुप्रै बैंक, पसल एवं व्यापारिक फर्मको अध्ययन गरेका थिए ।

त्यही योजनाअनुसार सिटीजन्स बैंकको शाखा लुट्ने उनीहरूले योजना बनाए । तर बैंक लुटे लगत्तै स्थानीयको सहयोगमा मुख्य योजनाकार मुखियासहित ३ जनालाई प्रहरीले लखेट्दै पक्राउ गरेको थियो । विराटनगरबाट २० किमि पूर्वमा उक्त ग्रामीण बजार पर्छ । दुवै हातमा नोटको बिटा उठाउने हतारोमा गिरोहका सदस्य रोशन यादवले बोकेको पेस्तोल चलेर सहनी घाइते भएका थिए । उनलाई लिएर भाग्ने क्रममा अरू पक्राउ परेका हुन् ।

लुटेराहरूले भाग्ने क्रममा प्रयोग गरेको को २५ प ३८९९ नम्बरको मोटरसाइकल समेत बरामद भएको छ । यादवले प्रयोग गरेको कटुवा पेस्तोल र सुरक्षा गार्डमाथि प्रहार गर्दा नपडकेको एक राउन्ड गोली, घाइते सहनीबाट बरामद १ मोबाइल, घटनास्थलबाट पेस्तोलको एक राउन्ड गोली, १ खोका र घाइते सुरक्षागार्ड ३८ वर्षीय शीतल कुमालको शरीरबाट निकालिएको एक गोली पनि प्रहरीले बरामद गरेको छ ।

फरार ६ जनाको खोजी भइरहेको एसपी जीसीले बताए । ‘पर्दा पछाडि बसेर वा अप्रत्यक्ष रूपमा सहयोग गर्नेहरू पनि हुन सक्छन्,’ उनले भने । एसपी जीसीका अनुसार बैंकले नगद काउन्टर र कर्मचारी प्रवेश गर्ने द्वारमा मात्र सीसीटीभी राखेको छ, सेवाग्राही प्रवेश गर्ने ठाउँ वरिपरि हेर्नलाई सीसीटीभी छैन । बैंकले संकटका लागि ‘अलार्म’ समेत नराखेको उनले बताए । सीसीटीभी फुटेजमा सात लुटेरा बैंकभित्र र सोधपुछका क्रममा अन्य दुई बाहिर बसेको देखिएको छ । लुटेरामध्ये कसले केमा हालेर रकम लिएर गयो र एक पछि अर्को गर्दै कसलाई दिए भन्ने प्रस्ट भइनसकेको उनले बताए ।

उनका अनुसार बैंकबाट लुटेको झन्डै २४ लाख रुपैयाँ लिएर लुटेराहरूमध्येका अर्को समूह फरार छन् । ‘बैंकले लुटिएको रकम अझै यकिन गर्न सकेको छैन,’ उनले भने, ‘बैंकले प्रहरीलाई लिखित जानकारी दिने भनेको छ ।’ प्रहरीका अनुसार लुटेरा समूहमध्येका दुई जनाले सुरक्षागार्ड ३८ वर्षीय शीतल कुमालको खुकुरी खोसेपछि पेस्तोल ताकेर उनलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए । प्रतिकार गर्दा पछाडिबाट अर्को लुटेराले प्रहार गरेको गोली सुरक्षागार्ड कुमालको काँधको दुवैतर्फ लागेको प्रहरीले जनाएको छ । घटनालगत्तै उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएका कुमालको अवस्था खतरामुक्त रहेको परिवारले जानकारी दिएका छन् ।

एसपी जीसीले फरार भएकालाई भारतीय प्रहरीको समेत सहयोग लिएर खोजी भइरहेको जानकारी दिए । दसैं लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत परिचालित प्रहरी टोलीहरू बेलामै घटनास्थलमा पुगेर लुटेरालाई लखेट्न सकेकाले तत्कालै पक्राउ गर्न सकिएको प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीले बताए । उक्त घटनापछि मोरङभरिको बैंक र आर्थिक कारोबारहरू हुने थलोहरूको निगरानी र अनुगमन बढाइएको छ । ‘सादा पोसाकका प्रहरी टोलीहरू समेत परिचालन गरेका छौं,’ एसपी जीसीले भने, ‘यी टोलीहरूले बैंकभित्र र बाहिर नियमित गस्ती गरिरहेको छ ।’

यसो भन्छन् घाइते सुरक्षागार्ड ?

दिउँसोको समय थियो । बैंकमा सामान्य ढंगले कारोबार भइरहेको थियो । ड्युटीमा तैनाथ सुरक्षागार्ड कुमालले सेवाग्राहीको सुरक्षा जाँच गर्दै भित्र पठाइरहेका थिए । त्यो क्रममा सरासर भित्र प्रवेश गर्ने व्यक्तिहरूलाई रोकेर के कामका लागि आएको प्रश्न गरे । माथि एउटा काम छ भन्दै बैंकको एक फन्को लगाएर उनीहरू फर्के ।

१५ मिनेटपछि उनीहरू फेरि आए । कुमालले रोक्न खोजे । वरिपरिबाट घेरेर उनीहरूमध्ये एकले कुमालको खुकुरी खोसे । अर्को एकले पेस्तोल ताके । कुमालले खोस्नै खोज्दा घम्साघम्सीका क्रममा पछाडिबाट अर्को लुटेराले प्रहार गरेको दुई राउन्ड गोली कुमालको घाँटीको दुवै छेउतिर लाग्यो । एउटा छोएर गयो भने अर्को गोली भित्रै अडकियो । उनी भुइँमा ढले । कोलाहल मच्चियो ।

‘गोली प्रहारपछि मलाई करेन्ट लागे जस्तो भयो, घटनाको ५÷७ मिनेटमै मलाई यहाँ ल्याइयो, त्यसपछि के भयो ? मलाई थाहा छैन,’ सुरक्षागार्ड कुमालले भने, ‘बैंकका कर्मचारी, धनमाल र सेवाग्राहीको सुरक्षाका लागि मैले सकेसम्मको कोशिस गरें ।’ मोरङ प्रहरीका अनुसार गोली प्रहारको दुई-तीन मिनेटभित्र लुटेराहरूले बैंक लुटे । मुख नछोपी र मास्क नलगाई आए पनि लुटेराहरूमध्ये कसैलाई पनि आफूले चिन्न नसकेको कुमालले बताए । ,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.