×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रसुवा भन्सारमा उठ्यो लक्ष्यको डेढ गुणा राजस्व

२ कार्तिक २०७८

रसुवा: रसुवा भन्सार कार्यालय टिमुरेले असोज महिनामा लक्ष्यभन्दा ५९ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष ०७८ /७९ को असोज महिनामा राखेको लक्ष्यको ५९ दशमलव १७ प्रतिशतभन्दा बढी राजस्व संकलन गरेको हो ।

भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार असोज महिनामा कार्यालयले ५९ करोड १६ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, कार्यालयले ९४ करोड १७ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन मासिक राखिएको लक्ष्यको तुलनामा ३५ करोड ७५ हजार रुपैयाँ बढी हो ।

Advertisement
Advertisement

टिमुरे भन्सार कार्यालयले चालू आर्थिक वर्षमा ६ अर्ब ८१ करोड २१ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । साउन, भदौ र असोज गरी तीन महिनामा वार्षिक लक्ष्यको २९ दशमलव ३७ प्रतिशत राजस्व असुली गरेको जनाइएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको व्यापार प्रभावित भएको डेढ वर्षभन्दा बढी भएको छ । यसको असर भन्सार राजस्व संकलनमा पनि देखिएको छ । रसुवा भन्सार कार्यालयले गएको वर्ष वार्षिक लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेको थिएन ।

कार्यालयले निकासी, पैठारी, महसुल, सेवाशुल्क, कृषि सुधार, अन्तःशुल्क, भ्याटलगायतका शुल्कबापत भन्सार असुली गर्ने गर्छ । चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिकलगायतका सामग्रीहरू भित्रिने गरेको छ भने नेपालबाट केरुङतर्फ हस्तकलाका सामग्रीहरू जाने भए पनि कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ ।

०७६ माघ १५ देखि गएको जेठ २२ गतेसम्म नाका बन्द भयो । त्यसपश्चात् चीनले रसुवागढी नाका एकतर्फी सञ्चालन गरेको छ । चीनले आफ्नै गाडीमा नेपालतर्फको भूभागमा सामान ल्याइदिने गरेको छ । रसुवागढी नाकाबाट अहिले दैनिक सातदेखि नौ गाडी सामान नेपाल आयात भइरहेको भन्सार कार्यालयले जनाएको छ ।

एउटा चिनियाँ गाडीमा आएको सामग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चिनियाँ गाडीमा आएको सामग्री नेपाली गाडीमा लोड–अनलोड गर्नका लागि स्वास्थ्य मापदण्ड अपनाउँदै नेपाली कामदार खटिएका छन् ।

Advertisement

०७१ मंसिर १५ देखि रसुवागढी नाका विधिवत् रूपमा सञ्चालनमा आएको हो । ०७२ सालको भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भएको थियो । तर, रसुवागढी नाका ०७२ मंसिरदेखि पुनः सञ्चालनमा आयो । चीनबाट हुने धेरैजसो आयात यो नाकाबाट ०७२ मंसिरदेखि हुँदै आएको छ ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top