×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

असन्तुष्टलाई फकाउँदै यादव

२ कार्तिक २०७८

काठमाडौं: मन्त्री चयनलाई लिएर सुरु भएको आक्रोश मत्थर बनाउन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्ट नेताहरूलाई फकाउन सुरु गरेका छन् ।

अघिल्लो हप्ता बालकुमारीस्थित पार्टी कार्यालयमै अध्यक्ष यादवविरुद्ध नाराबाजी गरिएको थियो । प्रदीप यादवका समर्थकहरूले पार्टी कार्यालयमै अध्यक्ष यादवविरुद्ध नाराबाजी गरेका थिए । त्यसअघि प्रदीपका समर्थकले वीरगन्जमा अध्यक्ष यादवको पुतला जलाएका थिए ।

Advertisement
Advertisement

मन्त्री चयन गरेको विषयमा प्रदीप यादव र प्रमोद साह आक्रोशित भएका छन् । यसैगरी लुम्बनी प्रदेशबाट कसैलाई पनि मन्त्री नबनाएको भन्दै नेताद्वय इस्तियाक राई र अमृता अग्रहरी पनि असन्तुष्ट छन् ।

स्रोतका अनुसार अध्यक्ष यादवले असन्तुष्ट नेताहरूलाई फोन गरेर फकाउन थालेका छन् । आफूलाई अध्यक्षले फोन गरेर घुमाउरो किसिमबाट गल्ती भएको जनाएको प्रमोद साहले बताए । ‘अध्यक्ष ज्यूले नहुनुपर्ने भयो । तपाईंलाई सरकारमा पठाउन सकिनँ भन्नुभयो’, साहले भने, ‘यसबाट अध्यक्ष ज्यूले कतैबाट गल्ती गराइयो भन्ने महसुस गरेको जस्तो देखियो ।’

सरकारमा जसपाले पाएका ४ सिटमध्ये यादवले ३ सिटमा यादव समुदायकालाई पठाएका छन् । एक जना राजेन्द्र श्रेष्ठमात्र गैरयादव समुदायका छन् । यादव समुदायकालाई मात्र सरकारमा प्राथमिकता दिएको भन्दै गैरयादव समुदायका नेताहरू असन्तुष्ट भएका छन् । अध्यक्ष यादवले उनीहरूलाई पनि फकाउन प्रयास गरेका छन् । मन्त्री चयन गर्न जसपा कार्यकारिणी समितिले डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईलाई जिम्मेवारी दिएको थियो ।

अध्यक्ष यादवले दुई जना नेतासँग सल्लाह नगरी एकलौटी किसिमबाट निर्णय गरेको आरोप लागेको छ । एक नेताले भने, ‘बाबुराम भट्टराईलाई खुसी बनाउन अध्यक्षले राजेन्द्र श्रेष्ठलाई पठाउनु भयो । बाँकी ३ जना नेता अध्यक्ष यादवका खल्तीका मान्छे हुन् ।’

कार्यकारिणी समितिको बैठकमा अधिकांश सदस्यले यस पटक शीर्ष तहका नेतालाई सरकारमा नपठाउन र चुनावमा सहयोग पुग्नेगरी नयाँ र युवालाई प्राथमिकता दिन अध्यक्षलाई सल्लाह दिएका थिए ।

पार्टी अध्यक्ष सरकारमा नगए शीर्ष नेताहरूलाई पनि सरकारमा नपठाउन उनीहरूको सुझाव थियो। तर कार्यकारिणी समितिको सुझावविपरीत अध्यक्ष यादवले दुई शीर्ष नेता राजेन्द्र श्रेष्ठ र महेन्द्र यादवलाई सरकारमा पठाए । ‘यसबाट पनि अध्यक्षविरुद्ध असन्तुष्टि थपियो’, स्रोतले भन्यो ।

Advertisement

अध्यक्ष यादवले सुरुमा मन्त्रीको सूचीमा सर्लाहीका सांसद प्रमोद साहको नाम राखेका थिए । तर अन्तिम समयमा उनको नाम हटाएर महेन्द्र यादवको नाम राखे । यसबाट प्रमोद अध्यक्ष यादवसँग निकै चिढिए । महन्थ ठाकुरबाट उपेन्द्र यादवतिर कित्ता परिवर्तन गर्ने बेला नै अध्यक्षले मन्त्री बनाउने आश्वासन दिएका थिए । यसैगरी प्रदीप यादवलाई पनि मन्त्री बनाउने आश्वासन अध्यक्ष यादवले दिएका थिए । तर अन्तिम समयमा दुवैको नाम हटाइयो ।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top