आज मोहम्मद जयन्ती, मुस्लिम समुदायलाई सार्वजनिक बिदा

१ कात्तिक ७८, मंगलबार

२ कात्तिक, काठमाडाैँ ।

Advertisement

आज मुस्लिम समुदायका धर्म गुरु पैगम्बर हजरत मोहम्मद मुस्ताफाको १४ सय ९६ औँ जन्मोत्सव  हर्षोल्लासका साथ मनाइँदैछ । मोहम्मद जयन्तीकाे अवसरमा सरकारले  आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सामेबार बसेकाे मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

Advertisement

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजारी सम्वतको रब्बिउल औवल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो ।

मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ । जन्मदिनको खुसीयालीमा मुस्लिम समुदायले जश्ने इद मिलादुन नवि (रबिउल औवल) को रूपमा मनाउने गर्दछन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top