२ कात्तिक, काठमाडौं।
प्रधानमनत्री शेरबहादुर देउवाले सदूरपश्चिम लगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन दिएका छन् । उनले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले उक्त निर्देशन दिएकाे जानकारी हुन् ।
प्रधानमनत्री देउवाले भनेका छन्, ‘सदुदूरपश्चिम लगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न गृह मन्त्रीलाई निर्देशन गरेको छु।’
तीन दिनदेखिको लगातारको वर्षाका कारण सुदुरपश्चिम लगायत देशका विभिन्न भागमा बाढी पहिरोबाट सर्वसाधारण प्रभावित भएका छन् ।