वर्षाका कारण सुदूरपश्चिमका सात पहाडी जिल्ला सम्पर्कविहीन, छैन सञ्चार र विद्युत सेवा

१ कात्तिक ७८, मंगलबार

२ कात्तिक, धनगढी।

आइतबारदेखि परेको लगातारको वर्षाले पारेको प्रभावले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सम्पर्कविहिन भएका छन् । कैलालीको खानीडाँडामा रहेको नेपाल विद्युत्त प्राधिकरणको १३२ केभी ट्रान्समिसन लाइनमा सल्लाको रुख ढल्दा पहाडी जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ ।

एकातिर विद्युत अवरुद्ध हुनु अर्कोतिर खाँनीडाँडामै विद्युत प्राधिकरणको पोल मार्फत लगिएको नेपाल टेलिकमको फाइवर लिंक (एडीएसएस) पनि टुटेपछि पहाडी जिल्ला सञ्चार र विद्युतका दुईवटै सेवाबाट बञ्चित छन् ।

१३२ केभी प्रसारण लाइन तत्काल बन्दैन त्यसैले ३३ केभीबाट पहाडी क्षेत्रलाई बिजुली सेवा दिने प्रयासमा रहको नेपाल विद्युत प्राधिकरण अत्तरियाका प्रादेशिक प्रमुख जंगबहादुर चन्दले बताउनुभयो । १३२ केभी प्रसारण लाइनमा सोमबार साँझदेखि समस्या आएको हो ।

नेपाल टेलिकमका सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियका प्रमुख नामाकर न्यौपानेले काठमाडौ र पहाडी क्षेत्रको टं«क लिंक टुटेकोले पहाडी क्षेत्रको फोन र इन्टरनेट सेवा मंगलबार विहानैदेखि अवरुद्ध भएको बताउनुभयो ।

भासु भीरमा पहिरो गएकोले सो लिंक जोड्न सकेका छैनौ उहाँले भन्नुभयो, लिंक जोड्न सकियो भने विद्युत सेवा सञ्चालनमा नआए पनि सञ्चार सेवा सञ्चालनमा ल्याउन सकिन्थ्यो । सडक खुल्ने वित्तिकै फाइबर जोडिन्छ उहाँले बताउनुभयो ।

टेलिफोन र विजुली नहुँदा डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, र दार्चुला सम्र्पकविहीन भएका छन् । ती जिल्लाको सम्पर्क टुट्दा सेती, महाकाली लगायतका साना ठूला नदी र पहिरोले पारेको क्षतिको विवरण प्राप्त हुन सकेको छैन् । गाेरखापत्र

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top