प्रधानमन्त्रीको रटान: एमसीसीबारे विवाद गर्नु आवश्यक छैन

३ कात्तिक, काठमाडौँ ।
देश यतिबेला बेमौसमी वर्षाका कारण ठूलो विपत्तिको सामना गरिरहेको छ । किसान पाकिसकेको धानबाली खेतमै विललिन हुदा आहतमा छन् । वर्षाका कारण तीन दर्जनले ज्यान गुमाएका छन् भने ठूलो आर्थिक क्षतिको सामना गर्नुपरिरहेको छ । जनता यो विपत्तिमा छट्पटाईरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले भने अमेरिकीअनुदान सम्झौता एमसीसी नेपालको हितमा भएको भन्दै विवाद ननिकाली कार्यान्वयनमा जोड दिएका छन् ।

Advertisement

एमसीसी सम्झौता छिटो पारित गनुपर्ने र यसमाकुनै विवाद गर्नु आवश्यक नभएको उनको भनाइ छ । यस्तै प्रधानमन्त्री देउवाले एमसीसी संशोधन गर्न अमेरिका तयार रहेको पनि दाबी गरेका छन्।आफ्नो नेतृत्वको सरकार बनेको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री देउवाले एमसीसी करेक्सन गर्न आफू तयार रहेको अमेरिकाले बताएको जानकारी दिएका हुन्। ‘एमसीसीविशुद्ध नेपालको हितमा छ’, बुधबार बिहान सरकारी पत्रिका गोरखापत्रमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री देउवाले भनेका छन्, ‘त्यहीपनि एमसीसीमा करेक्सन गर्न अमेरिकाले तयार छु भनेको छ। अमेरिकाले नेपालको कानुनभन्दा माथिको होइन भनेर भनिसकेको छ।’

प्रधानमन्त्री देउवाले एमसीसीको विषयमा जुन प्रचार गरिएको छ, त्यो कुरा नभएको दाबी पनि गरेका छन्। ‘एमसीसी नेपाललाई दिइएको त्यो ‘ग्रान्ट’हो। ब्याजमा होइन यो’, देउवाले भनेका छन्, ‘ऋण होइन, अनुदान हो। केही तत्व छन् नेपालमा, तिनले एमसीसीको नाममा बखेडागर्न खोजेका छन्।’यस्तै एमसीसी नेपालको कानुनभन्दा माथि छ भन्ने कुराको पनि प्रधानमन्त्री देउवाले खण्डन गरेका छन्। ‘वास्तवमा विश्व बैंककै कुरा गर्ने हो भने ऊसँग झगडा भयो भने अन्तर्राष्ट्रिय कानुन आकर्षित हुन्छ। एडीबी, आईएमएफमा पनि त्यही हो। तिनका जतिपनि ऋण छन्, त्यस विषयमा मुद्दा परेमा अन्तर्राष्ट्रिय कानुन अनुसार जान्छ’, देउवाले भनेका छन्, ‘नेपालको कानुनले हेर्नै पाउँदैन।’

Advertisement

यो सन्दर्भलाई नेपालको कानुनभन्दा माथि भनेर बखेडामात्रै निकालिएको देउवाले बताएका छन् । देउवाले अन्र्तवार्तामा एमसीसीमा विरुद्धमा वकालत गर्नेहरु वा संशोधनको आवाज उठाउने थिङ ट्यांकहरु गलत तर आफू चाँही सही भएको दलील गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top