पाकेको धान बाली नदीमै बग्यो

३ कात्तिक, काठमाडौँ
वर्षात्का कारण कैलाली, कञ्चनपुरमा भित्राउन ठिक्क पारेको धानबाली नष्ट भएको छ । आइतवार रातीदेखीको अविरल वर्षाका कारण धान बाली सखाप भएपछि किसान चिन्तित वनेका छन् । किसानको धान वर्षाले भिजाएको र डुबाएको मात्रै होईन नदीले बगाएको समेत छ ।

विगत केही दिनदेखि परेको बेमौसमी वर्षात्का कारण खेतमा काटेर सुकाउनका लागि राखिएको धान भित्राउन नपाउँदै भिजेर नष्ट भएपछि किसान मारमा परेका छन् । खेती भित्राउने वेला अचानक अविरल वर्षा परेपछि धान खेतीमै जीवन निर्वाह गर्दै आएका किसानलाई मार परेको छ । किसान अङ्गुरा राना आफुले लगाएको सम्पूर्ण धानबाली नष्ट भएको र आफ्नो परिवारको बिचल्ली हुन लागेको बताउनुहुन्छ । त्यसैगरी आफुले लगाएको सम्पूर्ण धानबाली नष्ट भएको किसान रतनबहादुर मल्लको भनाई छ ।

बर्षात्का कारण कञ्चनपुरका सयौँ किसानको हजारौँ बिघा जमिनको धान भिजेको छ । घरमा भित्राउन ठिक्क पारेको धान भिजेपछि किसानहरु मर्माहत भएका छन् भने आगामी दिनमा भोकमरी हुने चिन्ताले किसानलाई सताएको छ । आगामी दिनमा पीडित किसानहरुका लागि खाद्यान्नको व्यवस्था गरिनुपर्ने र किसानलाई मल, बिउको व्यवस्थापन सरकारले गरिदिनुपर्ने किसान घनश्याम पन्त बताउँछन् ।

वर्षाले बालीमा क्षति पु¥याएपछि कृषि विकास निर्देशनालय दिपायलले मातहतका कार्यालय सँग समन्वय गरी किसानको अवस्था र वर्षाले पु¥याएको क्षतिको विवरण सङ्कलन गर्न टोली परिचालन गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय र कृषि ज्ञान केन्द्रको टोलीले कैलाली, कञ्चनपुरका किसानहरूको खेतमै पुगेर निरीक्षण गरेको छ । निरीक्षण टोलीमै रहेका कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिल बहादुर विष्टले वर्षाका कारण हजारौँ बिघाको धान नष्ट हुँदा अर्वाैको क्षति भएको बताए ।

स्थानीय तहहरूले निरीक्षण र क्षतिको विवरण सङ्कलन गरिरहेका छन् । विवरण सङ्कलन पछि आवश्यक क्षर्तीपूती र अनुदान उपलब्ध गराइने शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरले बताए ।

सुदूरपश्चिम प्रदेशमा कूल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको कृषि विकास निर्देशनालयको तथ्याङ्क छ । सुदूरपश्चिम प्रदेशमा बर्खे धानको वार्षिक उत्पादन पाँच लाख ८६ हजार ३५३ मेट्रिक टन रहेको कृषि विकास निर्देशनालय दिपायलले जनाएको छ । यस वर्ष समयमै मनसुन भएको हुँदा धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको भए पनि निरन्तरको बेमौसमी झरीले उत्पादनमा ह्रास आउने आँकलन गरिएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top