प्रधानमन्त्रीको निर्देशन : राहत र पुनर्स्थापनाका लागि द्रूत गतिमा लाग्‍नूस्, बजेट अभाव हुँदैन

३ कात्तिक, काठमाडौँ।
प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल उद्वार, राहत र पुनस्र्थापनाका लागि परिचालित हुन विपद् व्यवस्थापन परिषद्‍लाई निर्देशन दिएका छन् । बुधबार बसेको विपद् व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राहत र पुनस्र्थापनाका लागि बजेटको अभाव नहुने गरी व्यवस्था गर्न अर्थ मन्त्रालयलाई समेत निर्देशन दिएका छन् ।

बैठकपछि गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने, ‘पछिल्लो ३ दिनमा जुन अकल्पनीय क्षति हामीले बेहोर्‍यौँ, त्यसमा तत्काल उद्वार, राहत र पुनस्र्थापनाका लागि अझै द्रूत गतिमा सबैजना परिचालित हुन प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ, उहाँ आफैँ पनि फिल्डमा निस्किने भन्नुभएको छ । त्यही अनुसार सबैजना आवश्यकता हेरेर तुरुन्तै फिल्डमा पुग्ने निष्कर्षमा पुगेका छौँ ।’

प्रधानमन्त्री देउवाले ठूलो क्षति हुने गरी देशभर भएका बाढी–पहिरो प्रभावित क्षेत्रमा तत्काल पुगेर सेल्टर बनाउने, घरहरु पुनर्निर्माण गर्ने, राहत र पुनस्र्थापनाको कार्य गर्ने तथा धान बालीमा पुगेको क्षतिको विवरण आंकलन गर्ने र त्यसका आधारमा राहतको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

प्रवक्ता पोखरेलका अनुसार देशभर बाढी(पहिरो नरोकिएकाले क्षतिको पूर्ण विवरण भने आउन सकेको छैन । उनले राहत र पुनस्र्थापनाका लागि छुट्टै कोषको व्यवस्था गर्ने तयारी रहेको बताए । बैठकले कृषि बालीमा पुगेको क्षतिको विवरण संकलनको कार्य कृषि मन्त्रालयले गर्ने गरी निर्देशन दिइएको पनि उनले जानकारी दिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top