×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

वासस्थान गुमाएकालाई ५० हजार दिने सरकारको निर्णय

३ कार्तिक २०७८

३ कात्तिक, काठमाडौँ ।
सरकारले गत तीन दिन यता अविरल वर्षाका कारण वासस्थन भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । बुधवार सिंहदरवारमा बसेको विपद् व्यवस्थापन परिषद्को बैठकमा वासस्थन भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

बैठकपछि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.अनिल पोखरेलले बुधवार मध्यन्हसम्म ५२ जनाको बाढी तथा पहिरोमा परेर निधन भएको बताउँदै तत्काल राहतका लागि सरकार लागि पर्ने बताए । उनले बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गएको तीन दिनमा नेपालले भोग्नुपरेको घटना दुखद् भएको बताउँदै सबै सरोकारवाला निकायहरुलाई तत्काल राहत र उद्धारमा खटिन निर्देशन दिनुभएको बताए । प्रधानमन्त्री देउवाले बाढी, पहिरोले क्षति पुर्याएको स्थानमा आफैँ जाने बताएको कार्यकारी प्रमुख पोखरेलले बताए । बैठकमा तत्काल घटना भएका स्थानमा विभिन्न टीमहरु बनाएरु तत्काल वास र गासको व्यवस्था मिलाउने र क्षतिको विवरण निकाले लगत्तै राहत र उद्धार तथा पुनर्निर्माणका लागि खटिने बताए । उनले बाढी पहिरोमा जनधनको ठूलो क्षति भएको बताउँदै किसानहरुलाई तत्काल राहतको व्यवस्था गरिने बताए ।

Advertisement
Advertisement

कार्यकारी प्रमुख पोखरेलले भने, ‘हामीले मनसुनमा के व्यहोर्यौं, त्यसको सिकाइहरु के रह्यो, त्यसका कमी कमजोरीहरु के रह्यो, त्यो सबै हामीले केलायौँ, त्योसँगै हामीले अहिले मुख्य गरी गएको तीन दिनको यो बाढी पहिरो अकल्पनिय कार्तिक महिनामा आएर मनसुन सकिसकेपछि भयो, यो क्लाइमेट चेन्जको कारण र मुख्य गरेर जलवायु परिवर्तनका कारणले गर्दा यस्ता खालका दुर्घटना भोग्नुपरेको छ, यसलाई जोडदार हिसावबाट हामीले २६ मा उठाउने कुराहरु उठ्यो त्योसँगै हामीले प्रधानमन्त्री ज्यूले अहिलेको गत तीन दिनमा हामीले जुन घटनाहरु भोग्यौँ, त्यसको सामना गर्नलाई तत्काल उद्धार राहत, पुनस्र्थापना गर्नका लागि तत्काल फिल्डमा जाने, प्रधानमन्त्री स्वयं पनि जाने भन्नुभएको छ, हामी टीमहरु बाँडिएर घटना भएका ठाउँहरुमा परिचालन हुन्छौँ, त्यहाँ जसको वासस्थान छैन, उनीहरुलाई तत्काल वासहरुको व्यवस्था गर्ने, घरहरु पुनर्निर्माण गर्ने र मुख्य गरी धान क्षति भएको छ, तत्काल प्रारम्भिक क्षति तथा नोक्शानीको आँकलन गरेर २०७४ सालमा देशव्यापी रुपमा जुन मात्रामा हामीले ठूलो रासीको धन राहत उपलब्ध गराएका थियौँ, मुख्य गरी किसानहरुलाई कसरी राहत प्रदान गर्ने, त्यो आँकडा ल्याउने बित्तिकै हामी कार्यकारी समितिको बैठक बसेर राहत उद्धार प्रदान गर्ने, सँगै अन्य सञ्चार, सडक सञ्जाल, खानेपानी, विद्यालय, स्वास्थ्य चौकीहरु अवरुद्ध भएकालाई तत्काल सुचारु रपमा सञ्चालन गर्ने कुरामा प्रधानमन्त्री ज्यूले निर्देशन दिनुभयो । हामी भोलिबाटै फिल्डमा उत्रिनेछौँ,अन्य क्षेत्रको बजेट तत्काललाई रोकेर भएपनि अहिलेको संकट टार्ने र कमीकमजोरी हुन नदिने प्रधानमन्त्रीले बताउनुभएको छ, यस्तो काम गर्नलाई छुट्टै कोषको व्यवस्था पनि गर्नुपर्नेछ, क्षति भएका र असुरक्षित घरहरुमा बसेकाहरुलाई तत्काल ५० हजार रुपैयाँ दिने निर्णय गरेका छौँ ।’

कार्यकारी प्रमुख पोखरेलले पीडितको उद्धारका लागि अझै पनि पर्याप्त श्रोत, साधन नभएकोले धेरै क्षति भएको बताए । उनले बुधवार मध्यान्हसम्म ५२ जनाको निधन भएको र २० वटा घर पूर्ण रुपमा क्षति भएको प्रारम्भिक अनुमान रहेको बताए ।

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top