प्रधानमन्त्री देउवा बाढी प्रभावित सुुदूरपश्चिमको स्थलगत भ्रमणमा, यस्तो छ पूर्वनिर्धारित कार्यक्रम

४ कात्तिक, काठमाडौँ।

प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरोग्रस्त क्षेत्र सुुदूरपश्चिमको स्थलगत भ्रमणमा निस्किएका छन् ।

आज बिहान ८ बजे अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आले, नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री रमेश लेखक, एनपी सावद, बीरबहादुर बलायरसहितको टोली काठमाडौँबाट बाढी प्रभावित सुदूरपश्चिम क्षेत्रतर्फ प्रस्थान गरेको हो ।

प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री देउवा सहितको उच्चस्तरीय टोली काठमाडौँबाट सुर्खेत हुँदै डोटी दिपायल पुग्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवाले दिपायलमा डोटी जिल्लामा भएको क्षति तथा नोक्सानीको बिफ्रिङ लिने कार्यक्रम छ। त्यसपछि आजै प्रधानमन्त्रीले बझाङ जिल्लामा पहिरो गएको थलारा क्षेत्रको स्थलगत अवलोकन गर्ने छन् ।

त्यसैगरी प्रधानमन्त्री देउवाले बैतडी, डडेल्धुराको जोगबुढा, कञ्चनपुरको दोधारा चाँदनी, बह्रमदेव क्षेत्रको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

आज धनगढीमा बसेर भोलि मात्र प्रधानमन्त्री देउवा राजधानी काठमाडौँ फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top