सरकारले राहत उपलब्ध गराउन कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री

४ कात्तिक २०७८, बिहीबार
Share this
657shares

४ कात्तिक, सुर्खेत ।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षाले क्षति पुर्‍याएका नागरिकलाई सरकार आवश्यक राहत उपलब्ध गराउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

बाढी पहिरोले क्षति पुर्‍याएको सुदूरपश्चिमका जिल्लाहरूको निरीक्षण गर्न सुर्खेतबाट सुदूरपश्चिम जानुपूर्व प्रधानमन्त्री देउवाले आज सुर्खेत विमानस्थलमा कर्णाली प्रदेश सरकार एवं सुरक्षा निकायसँग प्रदेशको अवस्था बुझ्दै बाढी पहिरोबाट प्रभावित नागरिकलाई सरकारले राहत उपलब्ध गराउने निर्णय गरिसकेकाले थप राहत उपलब्ध गराउन लागिएको जानकारी दिए ।

Advertisement

उनले जलवायु परिवर्तनका कारण यति ठूलो महाविपत्तिले क्षति पुर्‍याएकाले क्षतिग्रस्त ठाउँहरूको निरीक्षण गरेर थप राहत र क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्ति गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top