कोरोना संक्रमणको जोखिम अझै एक वर्ष लम्बिने विश्व स्वास्थ्य संगठनको निष्कर्ष

३ कात्तिक ७८, बिहीबार

४ कात्तिक, एजेन्सी ।

विश्वमा कोरोना भाइरसको संक्रमणको जोखिम अझै एक वर्षसम्म रहन सक्ने निष्कर्ष विश्व स्वास्थ्य संगठनको छ ।

अझै पनि कम आय भएका गरिब मुलुकहरुमा कोभिड-१९ विरुद्ध बनेका खोपहरु आवश्यक मात्रामा उपलब्ध हुन नसकेकाले संक्रमणको जोखिम अझै कायमै रहने निष्कर्ष विश्व स्वास्थ्य संगठनले निकालेको हो । विश्व स्वास्थ्य संगठनका वरिष्ठ नेता डा. ब्रुस आलवार्डले सन्-२०२२ सम्म कोभिडको संकट सहजै लम्बिने बताएका छन् ।

Advertisement

अफ्रिकाको ५ प्रतिशत जनसंख्याले मात्रै कोरोना विरुद्धको खोप लगाएका छन् । विश्वका अन्य मुलुकले भने झण्डै ४० प्रतिशत जनसंख्यामा खोप लगाइएको अवस्था छ । खोपको असमान पहुँचका कारण पनि संक्रमणको जोखिम बढाएको डब्लु.एच.ओको भनाई छ ।

बेलायतले खोपको आवश्यकता रहेका देशहरुलाई १ करोड खोप उपलब्ध गराएको छ । आवश्यकताको आधारमा हेर्ने हो भने तत्काल १ अर्व खोप आवश्यक रहेको छ ।

Advertisement

विकसित मुलुकमा खोप नलगाएका कारण संक्रमणको जोखिम बढेको छ भने कम आय भएका मुलुकमा खोप नै नगुगेका कारण जोखिम कायम छ ।

रुसमा संक्रमण र मृत्युदर बढेकाले अक्टबर ३० देखि एक साता विदा दिने घोषणा गरिएको छ । बेलायत, आयरल्याण्ड लगायतका मुलुकमा कोभिड नियन्त्रणका लागि नयाँ प्रतिबन्धात्मक व्यवस्था लागू गरिने भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

सम्बन्धित समाचार

Scroll to Top