थप ५४५ जनामा कोरोना संक्रमण पुष्टि, ७२६ जना संक्रमणमुक्त

४ कात्तिक, काठमाडौं ।

Advertisement

नेपालमा पछिल्लो २४ घण्टामा ५४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ८६ पीसीआर परीक्षण गर्दा ४७० जना र १ हजार ९ सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जना गरी ५४५ जनामा कोरोना भाइरसको संक्रमण हाे ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने ७२६ जना निको भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ७ हजार ५२२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ३२६ पुगेको छ भने ७ लाख ८४ हजार ८८१ जना संक्रमणमुक्त भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top