×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

पपुवा न्युगिनीमाथि विशाल जित निकाल्दै बंगलादेश टि२० विश्वकपको सुपर १२ मा

४ कार्तिक २०७८

४ कात्तिक, एजेन्सी ।

बंगलादेशले पपुवा न्युगिनीमाथि विशाल जित निकाल्दै आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ मा स्थान पक्का गरेको छ । समूह बी मा रहेको बंगलादेशले बिहीबार पपुवा न्युगिनीलाई ८४ रनले पराजित गर्दै सुपर १२ मा स्थान पक्का गरेको हो ।

Advertisement
Advertisement

अलअमरेत क्रिकेट मैदानमा जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको पपुपा न्युगिनी १९.३ ओभरमा ९७ रनमा अल आउट भयो । पपुवा न्युगिनीका विकेटकिपर किप्लिङ डोरिगा ३४ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ४६ रनमा अविजित रहे । किप्लिङ बाहेक अन्य पपुपा न्युगिनीका ब्याटरको प्रदर्शन सम्झन लायक रहेन । पपुवा न्युगिनीका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओपनर लेगा सिका ५, असाद भाला ६, चाल्र्स अमिनी १, सेसे बाउ ७, हरि हरि ८, सिमन अट्ली र नर्मन भानुवाले खाता खोल्न सकेनन् । चन्द सोपर ११ रनमा आउट भए । बंगलादेशका सकिब अल हसनले ४ ओभरमा ९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । मोहम्मद सैफुद्दिन र तस्किन अहमदको नाममा २–२ विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । बंगदलादेशका कप्तान महमुदूल्लाह रियादले २८ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ५० रनको योगदान दिए । सकिब अल हसनले ३७ बलमा ३ छक्का सहित ४६ रन बनाए । ओपनर लिटन दास २९, मुश्फिकुर रहिम ५ र अफिफ हुसैन २१ रनमा आउट भए । मोहम्मद सैफुद्दिन ६ बलमा १ चौका र २ छक्का सहित १९ रनमा अविजित रहे । पपुवा न्युगिनीका काबुआ मोरेआ, दामेन राभू र असाद भालाले २–२ विकेट लिए ।

Advertisement

बंगलादेश पहिलो खेलमा स्कटल्यान्डसँग ६ रनले पराजित भएको थियो । दोस्रो खेलमा ओमानलाई २६ रनले पराजित गरेको थियो । बंगलादेश ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्यान्ड दुई खेलमा दुईमानै जितका साथ दोस्रोस्थानमा छ । केहि समय पछि सूमह बी को अन्तिम खेलमा स्कटल्यान्डले ओमानसँग खेल खेल्दैछ । यस खेलमा स्कटल्यान्ड विजयी भएमा समूह विजेता बन्नेछ । स्कटल्यान्ड पराजित भएमा ओमानको नेटरनरेटको आधारमा समूह विजेता र उपविजेता निर्धारण हुनेछ । पहिलो पटक टि२० विश्वकप खेलेको पपुवा न्युगिनी तीन खेलमानै हारका साथ अंक बहीन हुँदै पुछारमा रहेर बाहिरियो ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top