मुख्यमन्त्री शाक्यको पद एक साता लम्बियो

४ कात्तिक ७८, शुक्रबार

काठमाडौं: स्पष्ट अल्पमतमा रहेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद थप एक साता लम्बिएको छ । बिहीबार बसेको प्रदेश सभा बैठकमा २४ असोजमा पेस भएको विश्वासको मत लिने प्रस्तावमा छलफल सकिए पनि मत विभाजनका लागि १० कात्तिकको समय तोकिएको छ ।

सभामुख सानुकुमार श्रेष्ठले १० कात्तिकमा बस्ने बैठकमा विश्वासको मत प्राप्त गर्नेसम्बन्धी बाँकी प्रक्रिया पूरा गरिने बताए । संसद् सचिवालयले बिहीबार नै मत विभाजन समेत गर्ने कार्यसूची बनाएको थियो । तर, अन्तिममा मत विभाजन प्रक्रिया अर्को बैठकमा गर्ने गरी बैठक स्थगित गरिएको छ ।

सत्तारुढ एमालेले पार्टीको स्थानीय तहका अधिवेशन रहेकाले उपस्थित हुन नसक्ने भन्दै बैठक सार्न बुधबार मात्रै सभामुखलाई लिखित आग्रह गरेको थियो । तर, गठबन्धनका दलहरूले त्यसमा असहमति जनाएपछि सभामुखले बैठक स्थगित गरेनन् । बैठकमा एमाले भने उपस्थित भएन ।

अपराह्न ३ बजे बसेको बैठकमा मुख्यमन्त्री शाक्यले छलफलमा उठेका प्रश्नको जवाफ दिएकी छिन् । उनले विश्वासको मत प्राप्त गर्नका लागि एमाले नेतृत्वको सरकारले साढे तीन वर्षमा गरेको कामको विवरण सुनाइन् । उनले प्रदेशमा ६ सय ४० पक्की सडकको बहुवर्षीय ठेक्का सम्झौता भएको, प्रदेशका १३ वटै जिल्लामा खानेपानीको पहुँच विस्तार गरिएको, कृषि क्षेत्रको विकासका लागि कृषकलाई मल, बिउबिजन उपलब्ध गराउने कार्य गरिएको दाबी गरिन् ।

त्यस्तै, युवा र खेलकुदसम्बन्धी ९१ वटा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको, शैक्षिक गुणस्तर विस्तारका लागि पहल भएको, उद्योग कलकारखानाको संरक्षण तथा विस्तारमा पहल भएको मुख्यमन्त्री शाक्यको भनाइ थियो । एमालेको नेतृत्वमा जनहितका लागि प्रभावकारी काम भएकाले आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिन उनको आग्रह थियो ।

शाक्य गत २ भदौमा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी थिइन् । एमाले विभाजन भएर १३ सांसदले एकीकृत समाजवादी रोजेपछि उनी अल्पमतमा परेकी थिइन् । एक सय १० सदस्यीय प्रदेश सभामा अहिले एक सय नौ सांसद छन् । जसमा एमालेका ४३, कांग्रेसका २२, माओवादीका २३, एकीकृत समाजवादीका १३, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र एक जना स्वतन्त्र सांसद छन् । सरकार गठनका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ । विपक्षी गठबन्धनमा ५८ सांसद छन् ।

प्रदेश १ का मुख्यमन्त्री आचार्यको पद पनि जाँदै, आजै विश्वासको मत लिने प्रस्ताव टेबल हुने सम्भावना
केन्द्रसँगै विभिन्न प्रदेश सरकारको समेत नेतृत्व गुमाउँदै आएको एमाले प्रदेश १ बाट पनि छिट्टै बिदा हुँदैछ । शुक्रबार बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रस्ताव टेबल हुने सम्भावना छ । आचार्य पनि अल्पमतमा छन् । गठबन्धनले नयाँ मुख्यमन्त्रीमा एकीकृत समाजवादीका राजेन्द्र राईलाई अगाडि सार्ने सहमति गरिसकेको छ ।

यसअघि २४ असोजमा बसेको प्रदेश सभा बैठकमा भोलिपल्ट पनि बैठक बस्ने भनिएको थियो । तर, सभामुख प्रदीपकुमार भण्डारीले सूचना टाँस गरेर ५ कात्तिकसम्मका लागि बैठक स्थगित गरेका थिए । एमालेबाटै निर्वाचित भण्डारीले संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिनैपर्ने बाध्यतामा रहेकाले सघाउन बैठक स्थगित गरेको विपक्षी गठबन्धनको आरोप छ ।

पार्टी विभाजन भएका कारण प्रदेश १ मा विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यतामा मुख्यमन्त्री आचार्य छन् । निर्वाचन आयोगबाट एमाले विभाजन भएको प्रमाणपत्र ९ भदौमा नै पाएकाले त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । तर, एमालेले विभिन्न बहाना गर्दै संसद् बैठक धकेल्दै आएको छ ।

सभामुख भण्डारीले शुक्रबारको बैठकमा विश्वासको मत टेबल गर्ने विषयमा बिहान साढे १० बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गर्ने बताए । प्रस्ताव टेबल गर्ने तथा मत विभाजन गर्ने विषयमा कार्यव्यवस्थाले नै टुंगो लगाउने उनको भनाइ छ ।

आचार्य मुख्यमन्त्रीको पद सम्हालेलगत्तै अल्पमतमा परेका थिए । बहुमतका लागि प्रदेश सभामा ४७ सांसदको मत आवश्यक पर्छ । तर, एमालेका ४१ सांसद मात्रै छन् । उनीहरूमध्ये पनि एक जना सभामुख र एकजना सांसद फरार रहेकाले ३९ सांसद मात्रै बाँकी छन् । विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मञ्चका एक गरी ५० सांसद छन् ।

नयाँ मुख्यमन्त्रीमा पाण्डे प्रस्तावित
गठबन्धनले बिहीबार मात्रै एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई भावी मुख्यमन्त्री बनाउने सहमति जुटाएको छ । कांग्रेसका प्रदेश सभा सदस्य निमा लामाले नेतृत्व आलोपालो गर्ने र अहिले पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति भएको बताए । उनका अनुसार आठ महिना एकीकृत समाजवादी र आठ महिनापछि कांग्रेसले सरकारको नेतृत्व गर्नेछ ।

‘अहिले एकीकृत समाजवादीका तर्फबाट राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने र आधा समयपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने गरी सहमति भएको छ,’ नेता लामाले भने, ‘केन्द्रमा भएको सहमतिअनुसार नै प्रदेशमा पनि गठबन्धनले यो निर्णय गरेको हो ।

यसमा गठबन्धनका सबै दलहरू सहमत छन् ।’ उनका अनुसार आठ महिनापछि कांग्रेको तर्फबाट इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने छन् । प्रदेश सभा बैठकमा माओवादी संसदीय दलका नेता शालिकराम जमकट्टेलले पाण्डेलाई विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा प्रस्ताव गरिएको बताएका थिए । ,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top