कुशीनगर खुलिसक्यो, गौतम बुद्ध विमानस्थल कहिले ?

४ कात्तिक ७८, शुक्रबार

भैरहवा: तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघ १ मा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना शिलान्यास गर्दा यहाँबाट नजिकै भारतको कुशीनगरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सुरसार थिएन ।

बुद्ध धर्मावलम्बीलाई लक्ष्य गरेर भैरहवाबाट करिब २ सय किमि दूरीमा रहेको कुशीनगरमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । तर चार वर्षअघि निर्माण सकिनुपर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कहिलेदेखि सञ्चालनमा आउने हो, कुनै टुंगो छैन । यहाँ आयोजनाको म्याद थप गरेर लम्ब्याउने काम भइरहेको छ । बौद्ध धर्मावलम्बी सीधै बुद्ध जन्मस्थल लुम्बिनी भित्र्याउन विमानस्थल निर्माण थालिएको हो । त्यो सपना कहिले पूरा हुन्छ, ठेगान छैन ।

चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र सहठेकेदारबीच विवाद, भूकम्प, नाकाबन्दी, मधेस आन्दोलन हुँदै कोभिड संक्रमणले गौतम बुद्ध विमानस्थल आयोजना निर्माण पर धकेलिँदै आएको हो । आयोजना अहिले सातौं पटकको म्याद थपको पर्खाइमा छ ।

परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) को तयारीमा पुगेको विमानस्थल दोस्रो चरणको कोभिड संक्रमण र लकडाउनले फेरि पछाडि धकेलिएको आयोजनाको दाबी छ । यहाँ निर्माण पूरा भएका संरचना खेर जाने अवस्था सिर्जना भएको छ । परीक्षण उडान कहिले हुने भन्ने निश्चित हुन सकेको छैन ।

सानातिना र परीक्षण उडानका क्रममा परिवर्तन हुन सक्ने सामान्य निर्माण कार्यबाहेक अन्य ठूला निर्माण र संरचना तयार रहेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । ‘यो आयोजना अब क्यालिब्रेसन फ्लाइटमै केन्द्रित छ,’ उनले भने, ‘परीक्षण उडान भएर विमानस्थल सञ्चालनयोग्य हुने समयसम्म बाँकी निर्माण सकिनेछ ।’

क्यालिब्रेसन फ्लाइट भएपछि अन्तर्राष्ट्रिय मापदण्डअनुरूप करिब तीन महिना सञ्चालनका लागि समय लाग्छ । त्यो अवधिसम्ममा गर्नुपर्ने बाँकी सबै निर्माण सकिनेछ । टर्मिनल भवनको फिनिसिङ, फर्निचर राख्ने, काउन्टर राख्ने काम जारी छन् । दोस्रो चरणको लकडाउनअघि आयोजना स्थलमा धमाधम उपकरण जडानका काम जारी थिए । गत वैशाख पहिलो सातामै मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउनेसम्बन्धी महत्वपूर्ण उपकरण जडान भइसकेका थिए । आयोजना अन्तिम चरणमा पुगेको थियो ।

विमानलाई सुरक्षित ढंगले उडान र अवतरण गर्न जडित उपकरण ठीक भए÷नभएको र ती उपकरणले सही काम गरे÷नगरेकोबारे विशेष विमान ल्याएर परीक्षण उडान गर्ने अवस्थामा पुगेका बेला दोस्रो चरणको लकडाउनले आयोजनालाई फेरि प्रभावित बनाएको हो ।

आयोजनाको मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउनेलगायत निर्माणलाई आईसीबी टूअन्तर्गत व्यवस्थापन गरिएको छ । आईसीबी टूअन्तर्गतको उपकरण जडान सकिएको र परीक्षण उडानका लागि आन्तरिक तयारी भइरहेको आईसीबी टूका व्यवस्थापक तथा राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक प्रवीण न्यौपानेले जानकारी दिए ।

परीक्षण उडानका लागि आवश्यक विशेष विमान ल्याउने काम आईसीबी टूको ठेक्का पाएको थाइल्यान्डको एरो थाई कम्पनीको हो । तर कोभिडका कारण देखाउँदै उसले समयमै विशेष विमान र प्राविधिक आयोजना स्थलमा ल्याउन चासो नदिँदा विमानस्थल सञ्चालनमा ढिलाइ भएको हो । कोभिड संक्रमण विश्वव्यापी रूपमा फैलिन सुरु भएको डेढ वर्षअघिदेखि नै विदेशीे प्राविधिक र सबै उपकरण आउन नसक्दा आयोजनाको उपकरण जडान अवरुद्ध हुन पुगेको थियो ।

क्यालिब्रेसन फ्लाइटका लागि विशेष विमान ल्याउन सम्झौता गरिएको थाइल्यान्डको एरो थाई कम्पनीले कोरोना संक्रमणको कारण देखाउँदै आउँदो नोभेम्बरसम्म आफू आउन नसक्ने जानकारी गराएपछि प्राधिकरणले त्यसको विकल्प खोजेको नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षत्रीले बताए ।

क्यालिब्रेसन फ्लाइटका लागि भारतको ‘एयरपोर्ट अर्थरिटी अफ इन्डिया’ सँग सम्झौताको तयारी गरिएको उनको भनाइ छ । ‘प्राधिकरणका निमित्त महानिर्देशक पदमा म आउनासाथ पहिलो बोर्ड बैठकमै क्यालिब्रेसन फ्लाइटको एजेन्डामाथि छलफल गरेका छौं,’ क्षत्रीले भने, ‘त्यो बैठकले परीक्षण उडानका लागि ‘एयरपोर्ट अर्थरिटी अफ इन्डिया’ बाट विमान ल्याउने लगभग निर्णय भइसकेको छ । त्यसलाई हस्ताक्षर गरेर आधिकारिकता दिन मात्र बाँकी छ ।’

बोर्ड बैठकको उक्त निर्णयले आधिकारिकता पाउनासाथ साता-दश दिनभित्र एयरपोर्ट अर्थरिटी अफ इन्डियासँग सम्झौता गरिनेछ । सम्झौता गरेको सबै कुरा मिलेको ३०-४० दिनभित्र उसले परीक्षण उडान टुंग्याउनेछ ।‘परीक्षण उडान सकिनासाथ हामी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको आन्तरिक गृहकार्यमा जुट्नेछौं,’ क्षत्रीले भने, ‘त्यसपछि कुन कुन एयरलाइन्सले कति उडान सञ्चालन गर्ने भनेर उडान तालिकाका लागि अनुरोध गरिनेछ ।’ आयोजनाको भौतिक प्रगति करिब ९७ प्रतिशत छ ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top