×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

मनाइयो हाँडीगाउँको जात्रा

५ कार्तिक २०७८

काठमाडौँ: ब्रह्मा, विष्णु र महेश्वर भगवान्को पूजाआराधना गरी टोलटोलमा रथ (खट) घुमाएर बिहीबार हाँडीगाउँको जात्रा मनाइएको छ । विशेष प्रकारको फूल र रथ परिक्रमा गरिने छुट्टै मौलिकता र विशेष पहिचान बोकेको हाँडीगाउँको जात्रा प्रत्येक वर्ष बडादशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँको हाँडीगाउँमा मनाइँदै आएको छ ।

विश्वकर्माले बनाएका यी त्रिदेवको एकैपटक दर्शन र पूजाका साथै जात्राको दर्शन गर्नाले घरमा महालक्ष्मीको बास र मनोकामना पूरा हुने जनविश्वास रहेको स्थानीय कृष्णगोपाल श्रेष्ठ बताउनुहुन्छ । उहाँले कोजाग्रत पूर्णिमाको दिन मूर्तिहरू बाहिर निकालेपछि औपचारिक रूपमा जात्रा सुरु हुने बताउनुभयो ।

Advertisement
Advertisement

श्रेष्ठका अनुसार, टङ्गाल गहनापोखरी आसपासको हाँडीगाउँको माथिल्लो टोल ठटालबाट ब्रह्माको रथ र बीच भागको डठु (न्याल्म) टोलबाट विष्णु (नारायण)को रथ तानेर तल्लो कोटाल टोलमा बनाइने महेश्वर (लक्ष्मी)को रथ रहेको ठाउँमा ल्याएपछि बुधबार मध्याह्न हाँडीगाउँको जात्रा सुरु भएको थियो ।

जात्राका दिन दर्शन र पूजाका लागि तीनवटै रथ तीनवटा भिन्न चोकमा राख्ने र घरघरबाट आएर पूजा गर्ने चलन छ । जात्राका पूर्वपुजारी कृष्णमोहन अमात्यले हाँडीगाउँको जात्रा अन्यत्रजस्तो नहुनुमा चारवटा कारण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अरू देवता मन्दिरमा राखिन्छन् र भक्तजनले निहुरिएर ढोग्ने र पुज्ने हुन्छ । यसमा रथको करिब २५ फिट उचाइमा राखिन्छ, अरू देवताको रथ बोकेर लगिन्छ तर यो खट सिलिङको पङ्खाजस्तो फनफनी घुमाउँदै टोल परिक्रमा गराइन्छ ।”

उहाँका अनुसार, देवता राखिएको अग्लो घुम्ने गोलो भागभङ्गी वरिपरि मैनको फूल (पानीमा पकाएर थासामा चोबेर एक साताअघि बनाइने) राखिन्छ जुन अन्यत्र कुनै खटमा हुँदैन । अमात्यले थप्नुभयो, “कहीँ नभएको जात्रा भन्नुको चौथो कारण जात्रा नै उल्टो हुन्छ, जहाँ मन्दिरमा गजुर माथि र मूर्ति तल हुन्छ । यहाँ गजुर तल मूर्ति सबैभन्दा माथि राखेर परिक्रमा गराइन्छ ।” यो रथ भङ्गी बेत र बाँसको मान्द्रा (चित्रा)ले बेरेर बनाइएको हुन्छ ।

तीन दिनसम्म मनाउने जात्रामा निकालिएका तीनवटा रथलाई नगरपरिक्रमा गराउँदा स्थानीयले पूजा तथा स्वागत गर्ने चलन छ साथै रथ सजाउन प्रयोग भएको मैनको बास्नादार फूल रथको गजुर घुमाउँदा खस्ने हुँदा फूल टिप्नेको भीड हुने गर्दछ । यो फूललाई प्रसूति पीडामा रहेकी महिलालाई सुघाउँदा पीडा कम हुने विश्वास गरिन्छ ।

Advertisement

सत्यनारायणलाई खुसी पार्न मनाइने भएकाले स्थानीयहरू यसलाई ‘सत्यनाराणको जात्रा’का रूपमा पनि मान्ने गर्छन् । अरूको तुलनामा सबै कुरा उल्टो भएकाले यस जात्रालाई कहीँ नभएको जात्राका रूपमा चिन्ने गरेको स्थानीय बाबुराम महर्जनले बताउनुभयो ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top