नेपाल र इन्डोनेसियाबीच आज मैत्रीपूर्ण खेल हुँदै

५ कात्तिक, काठमाडौं ।

Advertisement

नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियाको सोही उमेर समूहको टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा हुनेछ ।

नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार आज साँझ पौने ६ बजे सुरु हुनेछ । एएफसी यू–२३ एसियन कप छनोट खेल्न ताजकिस्तान पुगेको नेपालले तयारी स्वरूप इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

Advertisement

नेपाल छनोट चरणमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । छनोटका ११ समूहका शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली अर्को वर्ष उज्वेकिस्तानमा हुने यू–२३ एसियन कपमा छनोट हुनेछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top