जिपलाइनमा रमाउँदै प्रचण्ड (फोटो फिचर)

५ कात्तिक, काठमाडाैँ ।

Advertisement

पुर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुलिखेल पुगेर जिपलाइनको अनुभव लिएका छन् ।पारिवारिक भ्रमणका क्रममा नाति नातिनी सहित पुगेका प्रचण्ड आफैले क्लासिक जिपलाइनको अनुभव लिएका हुन् ।

सहासिक गतिविधिमा आफुलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफुले जिपलाइनको निक्कै मज्जा लिएको बताए । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प्रचण्डको भनाइ छ ।

Advertisement

जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरि ११ सय मीटर रहेको छ । भर्टिकल ड्रप दुई सय ४० फीट रहेको जिपलाइन ७० किलोमीटर प्रति घण्टाको औसत गतिमा पार हुन्छ। यो खेलमा पहिलो पटक ठुला नेताले रमाईलो गरेको आयोजकको भनाई छ ।

Advertisement

काठमाडौबाट करिब ३५ किलोमीटर दुरिमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा सुरु भएको हो। सिन्धुपाल्चोकका केदार थापा र काठमाडौका भुपेश श्रेष्ठले वल्ड वाइड एड्भेन्चर मार्फत धुलिखेल जिप लाइन, रिसोर्ट र एडभेन्चर पार्क सन्चालनमा ल्याएका हुन् ।

धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेसन छ। त्यहाँ क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top