प्राकृतिक विपत्तिसँग लड्न अन्तर्राष्ट्रिय साथ आवश्यकः गृहमन्त्री

५ कात्तिक, काठमाडाैँ ।

गृहमन्त्री बालकृष्ण खाँणले नेपालको प्राकृतिक विपत्तिहरुको सामना गर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लिएर हिड्नुपर्ने चुनौती रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित प्रकोप जोखिम न्यूनिकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले नेपालमा यसअघि कहिल्यै सामना नगरिएको पृथक खालको प्राकृतिक विपत्तिहरु भोग्नुपरेको उल्लेख गरे ।

उनले प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनका कारण नेपालसँगै छिमेकी मुलुकहरुपनि प्रभावित हुने भन्दै प्राकृतिक विपत्तिको सवाल नेपालको मात्रै नभएको बताए । नेपालमा प्रकोप व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लैजानुपर्ने चुनौती आफुहरुको काँधमा आएको उनले बताए। उनले भने – ‘हाम्रो बाजेबज्यै, हाम्रो आमा बुबाहरुले बेहोरेको भन्दापनि पृथक प्राकृतिक विपतलाई हामीले सामना गर्नुप¥या छ । अब यहाँको लेदो, ढुंगामाटो बगेर गएपछि हाम्रो छिमेकी मित्रराष्ट्रमा पुग्ने भयो । गर्दागर्दै अरु छिमेकी राष्ट्रमा पुग्ने भयो । अब हाम्रो हिमालको उचाइ घट्ने अनि समुद्रको सतह बढ्दाखेरी समुन्द्र किनारलाई पनि त्यसले गम्भिर प्रभाव पार्छ । खाली नेपालको मात्र सवाल भएन । त्यसैले अन्तर्राष्ट्रिय समुदायलाई पनि नेपालको प्राकृतिक प्रकोप, प्राकृतिक जुन चुनौतीहरु छ, यसको संरक्षणका लागि त्यसलाई कसरी हामीले साथै लिएर हिड्ने ? यो धेरै ठुलो चुनौती हाम्रो काँधमा आएको छ ।’

गृहमन्त्री खाँणले विपत व्यवस्थापनका लागि सरकारले आफ्नो सम्पूर्ण संयन्त्रहरु परिचालन गरिरहेको पनि बताए । सबै नेपाली एकजुट भएर विपतको सामना गर्नुपर्नेमा पनि उनले जाेड दिए । उनले भने – ‘सरकारले पनि आफ्नो सम्पूर्ण संयन्त्रहरुलाई, सम्पूर्ण विभागहरुलाई, सम्पूर्ण पक्षलाई जुटाएर अगाडी बढ्नेछ । हामी सबै नेपालीहरुले पनि जुटेरै विपतबाट नेपालीहरुको नेपालको भुमिको पनि रक्षा गर्नेछौँ ।’

पानि बिनाको जिवन नहुने भन्दै उनले प्राकृतिक विपत्तिबाट सर्वप्रथम नदीलाई बचाउनुपर्ने र पानिको रक्षा गर्नुपर्ने बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top