५ कात्तिक, विराटनगर ।
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव शुक्रबार प्रदेशसभामा पेश गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा उनले यस सम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।
उनले विश्वासको मतका लागि प्रस्ताव पेश गरेलगत्तै सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गरेका छन् । सभामुख भण्डारीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मतविभाजन आइतबार हुने जानकारी दिए ।
त्यसका लागि कात्तिक ७ गते आइतबार दिउँसो १२ बजेका लागि बैठक बोलाइएको छ । विपक्षी गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ ।