सीके राउत पक्राउ गर्न माग गर्दै माईतीघरमा प्रदर्शन

५ कात्तिक, काठमाडाैँ ।

नेपाल इन्जिनियर्स एशोसिएशन, वागमती प्रदेश र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेको छ । शुक्रवार माईतीघर मण्डलामा भएको बिरोध प्रदर्शनमा नेपाल इन्जिनियर्स एशोसिएशन, वागमती प्रदेश र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका सि.डि.ई. राजेश कुशवाहा लगायतका कर्मचारीमाथि भएको आपराधिक कुकर्मको बिरुद्धमा प्रदर्शन गरेका हुन् ।

प्रर्दशनमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले देशले निजामती कर्मचारीहरुको महत्व बुझ्न नसकेको भन्दै कर्मचारीमाथि चौतर्फी आक्रमण हुनुले देशक र कानूनको धज्जी उडाएको बताए । उनले यो दुष्कर्ममा सामेल हुने सबैलाई तत्काल पक्राय गरी कानूनी कारबाही अघि बढाउन माग गरे । उनले जनकपुरमा भएको घटना दानवीय भएको बताउँदै आफूलाई पुनः ढुंगेयुगमा फर्किएको भान हन थालेको बताए ।

अध्यक्ष पोखरेलले भने, ‘यो पहिलो घटना होइन, निजामती कर्मचारीहरुको महत्व सरकारले, मन्त्रीले, नेताले, स्थानीय प्रतिनिधिहरुले बुझ्न सक्नुभएन, अहिले कर्मचारीहरुमाथि चौतर्फी आक्रमण भइरहेको छ, कानूनको धज्जी उडेको छ, यो क्रियाकलापमा सामेल भएका सबै अराजक तत्वहरुप्रति म घोर निन्दा र भत्र्सना गर्दछु, कानूनबमोजिम कडा भन्दा कडा कारबाहीको माग गर्दछु, हिजोको घदानवीय घटना हो, हामीलाई धेरै पुरानो युगमा फर्किएको जस्तो भएको छ, हामी व्यवहार र कार्यशैलीले ढुंगे युगतिर फर्किरहेका छौँ ।’

प्रदर्शनमा नेपाल इन्जिनियर एशोसिएशन वागमती प्रदेशका अध्यक्ष नन्दलाल बन्जाडेले कार्यालय प्रमुखमाथि भएको वयवहार हिंस्रक भएको बताए । उनले यो घटनालाई गम्भीरताका साथ लिएर आपराधिक गतिविधिमा संलग्न र नायिकलेलाई कारबाही गर्नुपर्ने बताए । उनले कार्यालय प्रमुखमाथि जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको टोलीले२९ मिनेटसम्म सामाजिक सञ्जालमा लाइभ गरेर अपमानपूर्वक कर्मचारीहरुलाई शहर परिक्रमा गराउनु अफगानिस्तानमा तालिबानले गराएको जस्तो भएको बताए । उनले यो देशमा राज्य नभएको जस्तो भान हुन थालेको भन्दै सबै अपराधीलाई तीन दिन भित्र समातेर कारबाही गर्न माग गरे । उनले सीके राउतलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे ।

अध्यक्ष बन्जाडेले भने, ‘कार्यालय प्रमुखमाथि जुन वयवहार भयो, त्यो हिंस्रक घटना हो, सरकारले यसलाई गम्भीरताका साथ लिनुपर्छ, त्यो घटनाको नायिकेलाई गिरफ्तार गर्नुपर्यो, कारबाही गर्नुपर्यो,लछारपद्धार गर्दै २९ मिनेटसम्म समाजिक सञ्जालमा लाइभ गर्दै अपमानपूर्वक शहर परिक्रमा गराइयो, केही आतंककारी तत्वहरुले, एकजना कर्मचारीहरुलाई कार्यालयबाट निकालेर २९ मिनेटसम्म फेसबुकमा लाइभ देखाउने दुष्कर्म गरियो, राज्य छ कि छैन भन्ने चान हुन थालेको छ, राजनीतिक दलका नेता सीके राउतले टेलिभिजनमै अपराध स्वीकारेपछि अब नायिकेसहित आपराधिक गतिविधिमा संलग्न सबैलाई तीन दिन भित्र पक्राउ गरी कारबाही गर्नुपर्छ ।’

अध्यक्ष बन्जाडेले तीन दिन भित्र अपराधमा संलग्न र नायिकेलाई कारबाही नगरे इन्जिनियरहरुको शक्ति देखाउने चेतावनी दिए । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बिहीवार जनकपुरस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिएर लछारपछार गरेका थिए । उनीहरुले जनकपुर ८ स्थित बलवामा खनिएको ढलको खाल्डो नपुरेको भन्दै कुशवाहालाई दुव्र्यवहार गरेका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top